अबैध तरिकाले बनाईएको समिति विघटनको माँग गर्दै बडा कार्यालयमा धर्ना

प्रकाशित समय 12:39:00 AM
सिरहा, १२ चैत्र । अबैध तरिकाले बनाईएको उपभोक्ता समिति विघटनको माँग गर्दै मिर्चैया नगरपालिका बडा नं. ७ को बडा कार्यालयमा स्थानियहरुले धर्ना दिएका छन् । स्थानियहरुले बडा अध्यक्ष राम कुमार यादबले एकलैटी रुपमा बिना कुनै जानकारी निर्माण गरिएको समिति बिघटन लगायत ६ बुँदे गर्न माँग राख्दै आज (सोमबार) बडा कार्यालय घेराउ गर्नुका साथै २ घण्टा धर्ना दिएका हुन् ।
स्थानियहरुले सूचना प्रकाशन र आमभेला नै नगरी अबैध तरिकाले बनाईएको समिती विघटन गरि अबिलम्ब आमभेला मार्फत नयाँ समिति गठन, वडा कार्यलयमा नागरिक बडा पत्रको ब्यबस्था, सेबा बापत कुन शीर्षकमा कति तिर्नु पर्ने सहितको फलेक्स बोर्डको ब्यबस्था गर्न माँग गरेका छन् । त्यस्तै, सेबाग्राहीबाट लिने सेबा बापत शुल्कको रसिद कम्प्युटर प्रणालिबाट दिने ब्यबस्था, आर्थिक बर्ष ०७४÷०७५ का लागि वडामा कुन शिर्षकमा के कति रकम बिनियोजन गरिएको निर्णयको  पारदर्शी हुने गरि फ्लेक्स बोर्डको ब्यबस्था र कार्यालय समयमा जनप्रतिनिधी नहुँदा  सिफारिस लिन जाने सेबाग्राहीहरुलाई अध्यक्षको हस्ताक्षर गराउन कुर्नु पर्ने अबस्था रहेकोले नियमित रुपमा अफिस समय भित्र बस्ने बताबरण सिर्जना गर्न माँग गरेका छन् ।
आन्दोलनका अगुवाई गरिरहेका स्थानिय राजपा नेपालका नेता रामेश्बर यादबले बडा कार्यालयलाई दबाब दिने उदेश्यले आज २ घण्टा धर्ना दिएको बताए । ३ दिनसम्म धर्ना जारी रहने उनले बताए । माँग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने नेता यादबले स्पष्ट गरे । माँगको बेबास्ता गरे कडा आन्दोलनमा जान बाध्य हुने समेत उनले चेताबनी दिएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »