मुख्यमन्त्रीको प्राथमिकतामा सरसफाई

प्रकाशित समय 12:23:00 AM
कमलेश यादब
सिरहा, ९ चैत्र । प्रदेश २ का पहिलो जिल्ला सिरहालाई खुल्ला दिशा मुक्त घोषणा गर्दै मुख्यमन्त्री लालबाबु राउत गद्दीले सरसफाईलाई प्राथमिकतामा राख्ने बताएका छन् । सरसफाईका लागि प्रदेश सरकारले मुख्यमन्त्री स्वछता अभियान सुरु गर्ने उनले बताए । प्रदेशका जिल्लाहरुमा आफु स्वयं झाडु लिएर सहभागी हुने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।
‘जहाँ सरसफाई छ, त्यो समाज अगाडी बढेको छ । विकासको एउटा सुचक सरसफाई हो, उनले भने,‘विकासका निम्ति सरसफाईलाई प्राथमिकतामा राख्नु पर्छ । प्रदेश २ मानव सुचाकंमा सरसफाईका कारण पछाडी परेको उनले बताए । ‘ यो प्रदेशमा शिक्षा, स्वास्थय, खानेपानी, सडकको अवस्था कमजोर छ, उनले भने । 
प्रदेश २ स्रोत साधनमा पछाडी परेको छ । ‘हामीले २० जिल्लाका लागि लडाई लड्यौँ तर, ८ जिल्ला मात्रै बिरासतको रुपमा पायौँ, मुख्यमन्त्री राउतले भने,‘यी जिल्लाहरु विकास नहुनुमा हामीले सधैँ कुनै खास समुदायलाई दोष लगाउँदै आएका थियौँ, अब जिम्मबारी हामीलाई मिलेको छ, विकास र सुशासन कायम गर्ने विषयमा गम्भीर हुनु पर्नेछ । प्रधानमन्त्रीलाई प्रदेश २ प्राथमिकतामा राख्नका आग्रह गरेको उनले बताए ।
आफ्नो पहिलो प्राथमिकतामा सुशासन रहेको मुख्यमन्त्री राउतले बताए । ‘भ्रष्टाचार बढी भइरहेकोले यसलाई रोक्न समुदाय अगाडी आउनु पर्छ, उनले भने,‘विकास योजनाको काम प्रभावकारी भएको छैन् भने प्रदेश सरकारमा उजुरी लिएर आउनुस । प्रदेश २ लाई कृषि, उद्योग र पर्यटन उद्योग क्षेत्रमा विकास गरेर समृद्ध बनाउन सक्ने उनले बताए  । उनले भने,‘यति दिन सम्म हामीले भन्दै आएको थियौँ,ँ विकास गर्ने अवसर पाएका छैनौँ । अब अवसर मिलेको छ ।’ प्रदेश समृद्ध बनाउनमा जनसमुदायलाई सहयोग गर्न आग्रह गरे ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »