बिचौलियाको प्रलोभनमा परेर ठगीमा परेका २० जना युवाहरुले पैसा पाए

प्रकाशित समय 2:14:00 AM
सिरहा, २१ फागुन । आधिकारिक मेनपावरबाट नगई बिचौलियाको प्रलोभनमा परेर ठगीमा परेका सिरहाको धनगढिमाई नगर पालिकाका २० जना युवाहरुले पैसा पाएका छन् । धनगढिमाई नगरपालिका–१० का सुरेन्द्र महतो, मनिष गुप्ता, रंजित साह, राकेश साह, रामसागर साह, वडा नं. ४ का रामेश्वर राम र बलराम दासले जनही २५ हजार , महेश कामति ४० हजार, वडा नं. ४ का अशोक राम ४० हजार गरी २ लाख ५० हजार पाएका छन् । त्यस्तै, वडा नं. १० का राकेश कुमार महतो २५ हजार, नरेश कुमार साह २५ हजार, प्रकाश साह २५ हजार, सरोज सेन्चुरी ३० हजार, वडा नं.४ का विजय राम ३५ हजार गरी १ लाख ७० हजार आउदो चैत्त ५ गते दिइने सहमति भएको छ । 
चैत्त ५ मै सबै जनाको राहदानी फिर्ता गर्ने वा नयाँ बनाउनको लागि जनही १२ हजारका दरले दिइने लिखित सम्झौता भएको बैदेशिक रोजगार सहजकर्ता सत्रुधन साहले बताए । उनका अनुसार हबिवुल मियाँ, साकिर मियाँ र मो.सलिम मियाँको पैसा र राहदानी फिर्ता गराउने प्रयास जारी रहेको छ । विपन्न परिवारका २० जना युवाहरु गाउँले बिचौलिया धनगढिमाई नगरपालिका–१० का गफुर मियाँको भुलभुलैयामा परेर ठगिएका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »