चुरेबाट ढुंगा तस्करी ५ ट्रयाक्टर ढुंगा बिक्री गर्दा १६ हजार कमाउने तस्करले १ हजार जरिवाना तिर्न गाह्रो मान्दैनन

प्रकाशित समय 12:01:00 AM
सिरहा, ९ चैत्र । चुरे क्षेत्रको खोलाबाट ढुंगा तस्करीमा ट्रयाक्टरको प्रयोग बढेको छ । तस्करहरूले किसानले जोत्न प्रयोग गर्ने फाली जडित ट्रयाक्टर ढुंगा उत्खननमा उपयोग गर्न थालेको रहस्य खुलेको छ ।
सिरहाको कर्जन्हा १ स्थित धनुषा, उदयपुर र सिरहाको संगमस्थल कमला खोलाको चुरे निषेधित क्षेत्रबाट कृषि प्रयोजनका लागि भन्सार छुट सुविधामा कृषकहरूले खरिद गरेका ट्रयाक्टरसहित पक्राउ परेपछि यो तथ्य सार्वजनिक भएको हो ।
कमला नदीको निषेधित क्षेत्रबाट ढुंगा निकासी गरिरहेको सूचना आएपछि जिल्ला वनले गस्तीका क्रममा ट्रयाक्टरसहित ९ जनालाई पक्राउ गर्रुयो । वन कार्यालयका अनुसार अवैध ढुंगा तस्करी गरिरहेको अवस्थामा गस्ती टोलीले स१त १७६९ नम्बरको ट्रयाक्टरसहित चालक कर्जन्हा २ का सुनिल साह, स१त ६१२३ का चालक बाबुराम यादव, स१त ६१२२ का चालक बन्दीपुर ३ राजकिशोर दास, ज१त ७८८१ नम्बरका चालक दिलिपकुमार यादवलाई पक्राउ गर्रुयो ।
त्यसैगरी ढुंगा तस्करीमै संलग्न ज१त ८२०७ नम्बरका ट्रयाक्टरसहित चालक धनुषा गोदारका राजाबाबु यादव, ज१त ९५२८ का वीरेन्द्र बजारका सुरेन्द्र मगर, ना६त ३४४० का वन्दीपुर २ का ओपेन्द्र यादव पक्राउ परे ।
ढुंगा तस्करीमै ना५ख १८८२ नम्बरका टिपरसहित चालक धनुषा ढल्केवरका शेरसिंह तामाङ र बा२ख ५८४३ का टिपरसहित चालक विजय तामाङ पक्राउ परेपछि तस्करीको जालो संगठित र सक्रिय रहेको निष्कर्षमा वन अधिकारी पुगेका छन ।
सहायक जिल्ला वन अधिकृत अमरेन्द्र यादवले कृषि प्रयोजनमा प्रयोग गरिने ट्रयाक्टरसहित ट्रिपरको प्रयोग गरेर चुरे क्षेत्रबाट ढुंगा उत्खनन र निकासी गर्न तस्करहरू संगठित रूपमा सक्रिय रहेकाले चुरे क्षेत्र संरक्षणमा कठिन भएको बताए ।
‘गतवर्ष वनले खोला गस्तीका क्रममा ढुंगा निकाल्न प्रयोग गरिएको तीनवटा फलामे हलोजडित स१त ७२३ नम्बरको ट्रयाक्टरसहित धनुषा भरतपुर १ का नरेश यादवलाई पक्राउ गरेपछि तस्करी रोकिएको थियो, उनले भने, ‘तर यसपटक फेरि ठूलो समूहमा संगठित रुपमै चुरे क्षेत्र विनाशमा सक्रिय रहेको पायौं ।
सिरहाका उत्तरवर्ती झिरहरी, सर्रे, गागन, कमला लगायत खोलाका केही चुरे वनलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । तर, ती क्षेत्रबाट ढुंगा तस्करी रोक्न वनलाई समस्या भइरहेका बेला तस्करहरूले नयाँ नयाँ उपाय अवलम्वन गर्न थालेका छन । गतवर्ष ढुंगा अवैध ओसार पसारमा संलग्नबाट वनले झन्डै २ लाख रुपैयाँ राजस्व असुली गरेको छ ।
फितलो ऐन
कारबाही दर तीव्र रहे पनि फितलो वन ऐनका कारण ढुंगा तस्करी नरोकिएको वन अधिकारीको भनाइ छ । वन ऐन २०४९ र नियमावली २०५१ अनुसार अवैध ढुंगा ओसारपसार मा संलग्नलाई प्रति घनमिटर डेढ रुपैयाँ र सवारी धरौटी बापत १० हजार रुपैयाँ जरिवाना गर्नसक्ने प्रावधान छ । हायक जिल्ला वन अधिकृत यादवका अनुसार एक ट्रयाक्टरमा एक सय घन मिटर ढुंगा अटाउँछ । ‘ऐन अनुसार कारबाही चलाउँदा एक ट्रयाक्टर ढुंगाको जरिवाना डेढ सय रुपैयाँ हुन आउँछ, उनले भने, ‘त्यही ढुंगा तस्करले ३२ सय रुपैयाँमा बिक्री गर्छन, यसले गर्दा पनि ढुंगा तस्करी यसमा संलग्न भएको पाइन्छ ।
पाँचपटक ढुंगा तस्करी गर्दा १६ हजार कमाउने गरेका तस्करले हजार रुपैयाँ जरिवाना तिर्न समस्या नमान्ने गरेका कारण पनि तस्करी मौलाउँदो छ । तस्करी निरुत्साहित गर्न वन ऐन र नियमावलीमा संशोधन गरी जरिवाना र कारबाहीको दायरा बढाउनुपर्ने उनको सुझाव छ । सरकारले अतिक्रमणलाई समयमै नियन्त्रण गरी जंगल क्षेत्रलाई ४० प्रतिशत कायम गर्न ‘वन अतिक्रमण रणनीति २०६८ लागू गरे पनि वन अतिक्रमण न्यूनीकरण हुन सकेको छैन ।
खोलाको सतह बढ्दै
राष्ट्रिय तथा सामुदायिक वन फँडानी भइरहेका कारण वर्षायाममा सिरहाको विभिन्न खोलानालाको सतह बर्से्नि वृद्धि हुँदै गइरहेको छ । जिल्ला भूसंरक्षण कार्यालयका अनुसार तीव्र ट्रयाक्टरपमा भइरहेको वन फँडानीका कारण गत १० वर्षदेखि सिरहाको विभिन्न खोलानालामा प्रतिवर्ष १५ सेन्टिमिटरका दरले सतह वृद्धि भइरहेको छ ।
वृद्धि भइरहेको सतहका कारण वर्षायाममा सिरहाको दक्षिणी दर्जनौं गाउँमा बाढी र वर्षाका कारण जमिन कटान र डुबानको चपेटा पर्छन । कार्यालयका अनुसार सिरहाको उत्तरी क्षेत्रमा रहेको चुरे पर्वतको कमजोर भाग भूक्षय भई वर्षायाममा परेको पानीसँगै बग्दै तराईको उर्बर भूमि बगाउने गरेको छरु। सबै मिलेर वन अतिक्रमण रोक्न सके तराईमा भइरहेको खोलानदीको सतही वृद्धिलाई नियन्त्रण गर्न सकिने वन अधिकारीको भनाइ छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »