सुन कम हु“दा बिहे रोकियो

प्रकाशित समय 12:38:00 AM
सन्तोष यादव
सिरहा, १२ चैत्र । लहान नगरपालिका छरापट्टीका मोहम्मद सफियाको घरमा शनिबार साँझ भीडभाड थियो । उनकी छोरी मोहम्मद सम्जिलाको विवाहका लागि चाहिने ससामान तयार थिए । घरपरिवारका सदस्य र आफन्त खुसी देखिन्थे ।
सप्तरी कञ्चनरुप नगरपालिका बदगामाका मोहम्मद तसलिम सेखका छोरा युनुस सेख सम्जिलासँग विवाह गर्न राति ८ बजे जन्ती लिएर आइपुगे । हिन्दू परम्पराअनुसार विवाह गर्दा गरिने स्वयम्बरलाई मुस्लिम समुदायमा ‘निकाह भनिन्छ । निकाहभन्दा अगाडि बेहुलीका लागि बेहुलाले ‘महर्दन दिने चलन छ । बेहुलीका लागि सुनका गहना, लत्ताकपडा लगायत सामान दिनुलाई महर्दन भनिन्छ । तर, महर्दनका लागि सम्झौता अनुसारको सुन बेहुलाले नल्याएका कारण विवाह नै रोकियो ।
खुसियाली छाइरहेका बेला माहोल बदलियो । जन्तीहरूबीच भागाभाग मच्चियो । केहीले खाना खाए, केही नखाई घर भागे । विवाह रोकिएपछि सम्जिला बेहोस् भइन् । उनलाई तत्काल लहान ल्याएर अस्पताल भर्ना गरियो । एक लाख ६० हजार रुपैयाँ दाइजो दिएको बेहुली पक्षले महर्दनमा दुई तोला सुन दिनुपर्ने माग गरेको खुलेको छ । पछि डेढ तोला सुन दिनेमा सम्झौता भएको थियो । तर, बिहे गर्न जन्ती लिएर आएका बेहुलाले दुई आना सुन र २२ भरी चाँदी मात्र ल्याएका कारण विवाद भएको स्थानीय सञ्जीव यादवले सुनाए ।
उनका अनुसार बेहुलाले डेढ तोला सुन दिन नसक्ने बताएपछि विवाह रोकिएको हो । बेहुलीका बुवा सफियाले पनि सम्झौताअनुसार सुन नल्याएकै कारण विवाह रोकिएको स्वीकार गरे । ‘विवाह हुँदा बेहुला पक्षका व्यक्तिले पहिले बिहे गरेर लग्छु अनि देखाउँछु भनेर धम्की दिन थाले, उनले भने, ‘हामीलाई डर लागेका कारण छोरीको बिहे नगर्ने निर्णय ग¥यौं । बेहुलीले पनि विवाह गर्न नचाहेको दाबी उनले गरे ।
बिहे रोकिएपछि बेहुला पक्षसँग दाइजो फिर्ता र खर्च भएको रकम बेहुली पक्षले मागेको थियो । जन्तीलाई राति नै बिदाइ गरिएको स्थानीय बताउँछन् । खर्च रकम र दाइजो फिर्ता लिन बेहुली पक्षले बेहुला, उनका बुवा र ठूलो बुवालगायत पाँच जनालाई रोकेर राखेको थियो । रातभर छलफल भए पनि विवाद मिलेन । बेहुली पक्षले दाइजो रकम र अन्य सामानसहितको तीन लाख रुपैयाँ दिनुपर्ने माग गरेको जनाइएको छ । बेहुला पक्षले त्यति धेरै रकम दिन नसक्ने अडान राखेपछि आइतबार बिहान दुवै पक्ष इलाका प्रहरी कार्यालय लहान पुगेका थिए ।
लहान प्रहरी कार्यालयमा पनि विवाद मिलेन। त्यसपछि उनीहरू बाहिर आएर बेहुला पक्षले बेहुलीका बुवालाई एक लाख ८५ हजार रुपैयाँ तिरेर घर फर्केको लहानका बलबल मियाँले बताए । भने, ‘छलफलमा बेहुलाले विवाह गर्ने बताए । तर, बेहुलीलाई बोलाएर सोध्दा विवाह नगर्ने बताइन् । त्यसपछि बेहुलाले लिएको एक लाख ६० हजार दाइजो र अन्य खर्चबापत २५ हजार रुपैयाँ तिरेर मिलापत्र गरी घर फर्केका छन् ।
लहानका इन्स्पेक्टर जुगेश्वर राउतले विवाहसम्बन्धी विवाद लिएर प्रहरीमा आए पनि नमिलेपछि दुवै पक्ष बाहिरिएको जानकारी दिए । अन्नपूर्ण पोस्ट

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »