के मधेस मुद्दा अब दिल्लीका लागि आउट डेटेड भयो ?

प्रकाशित समय 8:03:00 PM
एसके यादव
नयाँ दिल्ली–प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन दिने भारत भ्रमण सकेर नेपाल फर्किसकेका छन् । तर दिल्लीमा त्यसको ‘कम्पन्न अझै कायम छ । प्रधानमन्त्री ओली चैत्र २३ देखि २५ गतेसम्म भारतको औपचारिक भ्रमण सकेर स्वदेश फर्किए पनि भारतीयपक्षमा यसलाई लिएर बहस देखिएको छ ।
दिल्लीमा बुद्धिजीवीको मञ्च होस् या प्राध्यापकको या मिडिया हाउस या एजेन्सी भ्रमणबारे आ–आफ्नो बुझाइ र चर्चा सुनियो । धेरैले भ्रमणलाई सकारात्मक नै भनिरहेका छन् । यहीँ चीन र नेपाल सम्बन्धलाई लिएर आशड्ढा पनि व्यक्त भइरहेको छन् । यहाँका थिड्ढ ट्याड्ढ भनिनेहरू टिलेभिजन अन्तरवार्तामा छन् । नेपाल भारतको विषयमा आफ्नो धारणा व्यक्त गरिरहेका छन् । अन्यले अन्तरक्रिया कार्यक्रम गरिरहेका छन् । तर अचम्म मधेसको चर्चा कहीँ छैन । एक समय थियो, नेपालका लागि मात्र होइन, दिल्लीका लागि ‘हट इस्यु थियो मधेस । तर कहिलेकहीँ चर्चा पनि छैन ।
प्रधानमन्त्री ओलीकै अघिल्लो भारत भ्रमणमा मुख्य मुद्दा मधेस थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मधेसको मुद्दा समाधान गर्न प्रधानमन्त्री ओलीलाई विशेष दबाब दिएका थिए । त्यही मुद्दाका कारण नेपाल भारतको सम्बन्ध चिसिएको थियो । जुन मुद्दाका कारण नेपाल र भारतबीच सम्बन्ध चिसिएको थियो त्यो मुद्दा यथावत छ । तर सम्बन्ध सुध्रिएर आएको छ । त्यो चाहिँ गजव छ । यसपालि दुवै देशका प्रधानमन्त्री राजनीतिक मुद्दामा प्रवेश गरेनन् ।
यद्यपि भारतका प्रधानमन्त्रीले जुन मुद्दालाई लिएर नेपालका संविधानलाई महत्व दिएका थिएनन् । एउटा औपचारिक शुभकामना दिएनन, आज त्यसैलाई सर्वोत्कृष्ट संविधान भन्दै प्रशंसा गरेका छन् । एक पटक मात्र होइन पटक–पटक नेपालको संविधानलाई उनले प्रशंसा गरे । तर उनले नेपाल र त्यहाँको संविधानलाई सम्बोधन गर्दा कहीँ कतै मधेस उचारण गरेनन् ।
चार पटक आमने–सामने प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी तीन दिनको भ्रमणका क्रममा चार पटक आमने–सामने भएका छन् । चैत्र २३ गते आएकै दिन सरप्राइज भेट । त्यसको भोलिपल्ट राष्ट्रपति भवनमा सलामी दिने क्रममा भेट भयो । त्यही दिन हैदरावाद आउसमा एकपटक ‘वन टु वन कुरा भयो । अर्को पटक दुई देशको प्रतिनिधिबीच सामूहिक भेट । यी चार पटकको भेटमा दुवै देशका प्रधानमन्त्री बीचमा विभिन्न विषयमा कुराकानी भयो ।
तर मधेसको मुद्दालाई कसैले उठाएनन, न ओलीले न मोदीले । स्रोतका अनुसार हैदरावाद हाउसमा एक्ला एक्लै भेटमा भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई सोधेका थिए, ‘मधेसको समस्या के भयो ? अनि प्रधानमन्त्री ओलीले जवाफ दिए, ‘सबै सेटल भइसक्यो अब मधेसको कुनै समस्या बाँकी छैन । त्यसपछि मोदीले त्यसको बारेमा कुनै प्रतिकृया दिएनन् ।
हुन पनि कस्तो भयो भने तीन चरणको चुनाव, ओली सरकारलाई मधेसी दलको समर्थन र मधेसमा आन्दोलनको अन्त्यले मधेसवादी दलको ‘मुड बदलियो । अहिले उनीहरू सरकारमा जान हतार छन् । बरु, यसका लागि संविधान संशोधनको केही सुनिश्चता खोजेका छन् । यो भ्रमणमा मधेसको मुद्दा नउठ्नुको कारणबारे इन्डिया फाउन्डेसनका निर्देशक आलोक बन्सल भन्छन, ‘मधेसका धेरैजसो समस्या संविधानबाट समाधान भइसकेका छन, जुन कुरा हालै सम्पन्न चुनावले पुष्टि गरेको छ ।
इन्डिया फाउन्डेसनका चेयरमेन राम माधव भारत सरकारको नेतृत्व गर्ने भारतीय जनता पार्टीका महासचिव हुन् । यो फाउन्डेसनले छिमेकी राष्ट्रहरूका बीचमा सम्बन्ध बनाउने विषयमा अध्ययन गर्नुको साथै देशको सुरक्षाको विषयमा पनि विभिन्न अध्ययन अनुसन्धान गर्दै आएका छन् । फाउन्डेसनका निर्देशक बन्सलले भने, ‘मधेसको समस्या नेपालको आफ्नो आन्तरिक समस्या हो । यसमा भारतले सुझाव मात्र दिनसक्छ, दबाब दिन सक्दैन ।
मधेसवादी दलले चुनावमा भाग लिएर संविधानलाई स्वीकार गरिसकेको टिप्पणी गरे । भने, ‘नेपालमा तीन चरणका चुनाव सम्पन्न भएको छ । त्यसमा मधेसवादी दलले पनि भाग लिएका छन् । अन्य दलहरू पनि भाग लिएका छन् । जनताले मत दिएर जसलाई पठाए त्यो नै अधिकारिक हो । भारतले त्यसलाई नै मान्यता दिन्छ । उनको मात्र होइन नेपाल भारतको सम्बन्धको बारेमा निकै अध्ययन अनुसन्धान गरेका तथा नेपालको राजनीतिकलाई नजिकबाट नियाली रहेका अनुसन्धानकर्ता डा. निहार नायक पनि मधेसको समस्या ८० प्रतिशत समाधान भइसकेको बताए ।
दिल्लीस्थित आफ्नो कार्यालयमा कुरा गर्दै उनले भने–‘संविधान निर्माणका क्रममा केही असमझदारी थियो । त्यो बेला त्यसलाई सुल्झाउन भारतले नेपाललाई सुझाव दिएको थियो । अब त्यो अवस्था छैन । संविधान निर्माण भइसकेको छ । त्यहीँ संविधान अन्तर्गत मधेसवादी दलहरूले पनि चुनावमा भाग लिइसके प्रतिनिधिसभामा सहभागी भइसकेका छन् भने अब समस्या कहीँ बाँकी छैन ।
यी दुईजना भारतका थिड्ढ ट्याड्ढमध्येका मानिन्छ । नेपाल भारतको सम्बन्धको बारेमा निकै अध्ययन अनुसन्धान पनि गरेका छन् । फाउन्डेसनले त भ्रमणको क्रममा चैत्र २४ गते प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन पनि गरेको थियो ।
थिड्ढ ट्याड्ढ तथा अनुसन्धान कर्ताले मात्र होइन पत्रकारले पनि मधेसको समस्या समाधान हल देख्छन् । दैनिक जागरणका सम्पादक रहिसकेका अशुतोष शुक्ला भन्छन, ‘नेपालको राजनीतिक स्टेबलतर्फ गइसक्यो, सायद अब सानातिना कुरामा अल्झेर नेपाल बस्दैन । तीनै चरणका चुनाव सम्पन्न भइसके, प्रदेश निर्माण भइसक्यो मन्त्रीहरू बनेसके, त्यसमा मधेसवादी दल पनि सहभागी भइसके, अब समस्या बाँकी छ जस्तो लाग्दैन । शुक्ला भारतमा २० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी स्टार न्युज, सहारा समय, इन्डिया टिभीलगायतमा काम गरिसकेका छन् ।
नेपाल भारतको सम्बन्ध सुधारसँग यहाँका ब्युरोक्र्यटस, नागरिक समाज, पत्रकारको पनि बोली फेरिएको छ । फाउन्डेसनका निर्देशक बन्सन भन्छन, ‘यो भ्रमणमा सायद मधेसको कुरा उठेको छैन र अब राजनीतिक कुरा उठाउन आवश्यक पनि छैन । भ्रमणको एजेन्डा पनि थिएन । राजनीतिक संक्रमण समाप्त भएसँगै अब विकास र समृद्धिका लागि काम गर्नुपर्ने समय आएको छ । अब दुवै देशले त्यसमा मिलेर काम गर्नुपर्छ जस्तो लाग्छ । प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा आएका माओवादी केन्द्रका नेता रामेश्वर राय यादव र राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले पनि यो भ्रमणमा मधेसको बारेमा चर्चा पनि नभएको बताए ।
प्रधानमन्त्री मोदीले प्रतिनिधि मण्डलसँगको छलफलमा आदिवासी जनजाति, मधेसी, दलित, पिछडा वर्गहरूलाई मिलाएर लग्नुस् भनी शब्द मात्र प्रयोग गरेको नेता रामेश्वर यादवले बताए । ‘यद्यपि एजेन्डाकै रूपमा मधेसको मुद्दा थिएन । मधेसको राजनीतिकलाई कुनै मञ्चमा गम्भीर रूपमा उठाइएको देखिएन, नेता यादवले भने । सो भ्रमण दलमा राजपा अध्यक्ष मण्डलका सदस्य शतरसिंह भण्डारी र संघीय समाजवादी पार्टीका तर्फबाट विमल श्रीवास्तव पनि सहभागी थिए । उनीहरूले पनि मधेसको मुद्दालाई उठाएनन् । हुन त एमालेका नेता तथा मन्त्री रघुवीर महासेठ र माओवादी केन्द्रका नेता तथा मन्त्री मातृका यादव पनि भ्रमणमा सहभागी थिए ।
राजपा र फोरम नेपालले वर्तमान ओली नेतृत्वको सरकारलाई समर्थन गरेको छ । फोरम नेपालले त सरकारमा जाने निर्णयसमेत गरिसकेको छ तर कुरा नमिलेको कारण अहिले सरकार बाहिरै रहेको छ । त्यस्तै राजपा नेपाल पनि रेशम चौधरीको मुद्दा बनाएर सरकार बाहिरै छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »