पुल बनेपछि जरुवाबासी खुशि

प्रकाशित समय 9:01:00 PM
कमलेश यादब
सिरहा, २६ चैत्र ।  सिरहा गोलबजार नगरपालीका ३ जरुवा खोलामा पुल बनेपछि जरुवा गाउँका वासिन्दा खुशि भएका छन् । गाउँमा कोहि विरामी पर्दा एम्वुलेन्स ल्याउन पनि समस्या झेल्दै आएका यउनीका वासिन्दा पुल निर्माण पछि सुखि भएका हुन् ।
कुल २२ लाख ४० हजार एक सय ४७ रुपैयाँ लागातमा निर्मित पुल निर्माणको लिगि गरिवि निवारण कोषकोले १६ लाख ८४ हजार एक सय १० रुपैयाँ सहयोग गरेको जरुवा खोला पुल निर्माण समितिका अध्यक्ष विष्णु विश्वकर्माले जानकारी दिए । समुदायको ५ लाख ५६ हजार ३७ रुपौयाँ योगदान रहेको अध्यक्ष विश्वकर्माले जनायो ।
वर्षायाममा वाढी आउँदा स्कूले नानीहरुलाई विद्यालय जान, विरामीलाई उपचार गराउन स्वास्थ्य संस्थासम्म पुर्याउन समेत समस्या झेल्दै आएको निर्माण समितिका कोषाध्यक्ष सुमित्रा बस्नेतले बताए । उउनीले विगत सम्झदै भने, ‘वर्षा याममा पानी परेपछि विद्यार्थीहरु भलकै कारण विद्यालय जाँदैन थिए, पुल भनेपछि सवैलाई सुख हनेभयो ।
७१ घर परिवारको करिव पाँच सय जनसंख रहेको जरुवा गाउँमा आधारभुत विद्यालय समेत छैन, बस्नेतले बताए, ‘आधारभुत विद्यालयमा पढ्ने नानीहरु विद्यालय पुग्न खोला नाघेर जमदह पुग्नुपर्ने बाध्यता छ ।
हाट बजार, विद्यालय, स्वास्थ्य संस्था जस्ता आधारभुत आवश्यकता को लागि छिमेकी गाउँ जमदह र गोलबजारसम्म आउजाउ गर्नपनि  जरुवा खोला पारगर्नुपर्ने बाध्यता रहेकाले यउनीका वासिन्दाले दुःख खेप्दै आएका थिए ।  पुल निर्माणपछि गाउँलेलाई धेरै सहुलित भएको रहेको स्थानीय सन्तोष सुनुवारले सुनायो ।
गरिवि निवारण कोषले किस्ता किस्तामा रकम उपलब्ध गराएकाले २ वर्ष लगाएर पुल निर्मायाकार्य सम्पन्न गरिएको समितिले जनाएको छ । स्थानीय साझेदार संस्था ग्रामिण महिला कल्याण सेवाकेन्द्रका सुनिल कुमार यादवले कोषले किस्ता किस्तामा रकम उपलब्ध गराउने भएकाले निर्माणकार्य ढिलाई भएको जानकारी दिए । उउनीले ढिलैगरी भएपनि स्थानीय वासिन्दाले काम सम्पन्न गरेरको खुसि व्यक्त गरे ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »