सरकारी जागिरभन्दा दुधको व्यापारमा सन्तुष्टी

प्रकाशित समय 6:03:00 PM
रामबाबु यादब
सिरहा, ४ वैशाख । जोकोही सरकारी जागिर भनेपछि हुरुक्क हुन्छन् तर खरिदारमा कार्यरत लहान नगरपालिका–१४ का शिवकुमार कामतीलाई दुधको व्यापारमै सन्तुष्टी मिलेको छ ।
जिल्ला प्राविधिक कार्यालय सिरहामा खरिदार पदमा कार्यरत ४४ वर्षीय शिवकुमार कामतीले कार्यालयभन्दा बाहिरको समयमा दुध खरीद विक्री गरेरै मासिक ३५ हजारभन्दा बढी आम्दानी गर्छ । दुधको व्यापार गरेको दुई वर्षमै उनले वस्तीपुरमा जग्गा खरीद गरेर तीन कोठे पक्की घर निर्माण गरिसकेको छ ।
२०७२ भदौ महिनादेखि पाँच लिटर दुधबाट व्यवसाय सुरु गरेको उनले अहिले १५० लिटरसम्म दुध विक्री गर्छ । कामतीले सिमलटोकी, रनहा, कुस्माहा, गोविन्दपुर र वस्तीपुरका किसानबाट दुध प्रति लिटर ५० रुपियाँका दरले सड्ढलन गरी ६० रुपियाँ प्रति लिटरको दरले लहानका चिया पसल, सँस्थागत विद्यालय र सरकारी जागिरेहरुकहाँ विक्री गर्छ ।
साइकलबाटै सुरु गरेर कारोवार बढाए तर अब त मोटरसाइकलमा दुध ल्याउने र पु¥याउने गरेको छु, गाउँटोलमा परिश्रमी व्यक्ति भनेर ख्याति पाएका शिवकुमार कामतीले भने, दुधको कारोबार विहान ८ः३० सम्म सकेर विहान १०ः०० बजेसम्म सदरमुकामस्थित जिल्ला प्राविधिक कार्यालयमा आफ्नो ड्युटीमा पुगिसक्छु ।
‘दुधको कारोबार गर्नु अगाडि जागिरको तलबले छोराछोरीको पढाइ शुल्क, उपचार, चाडपर्व र अन्य खर्चमा नपुगेर अरुसँग रुपियाँ सापट लिनुपथ्र्यो, उनले दुखको दिन सुनायो–तलबले नपुग्दा जहिले पनि ओभरटाइम र फिल्ड निरिक्षणका लागि हाकिमसँग झगडा गर्नुपर्दथ्यो, अहिले त जतिवेला पनि हातमै रकम हुन्छ ।
सरकारी जागिरको कमाइले छोराछोरीको पढाई र पक्की घर बनाउने सोच टाढा झैं लाग्थ्यो तर मेहेनेत गरे जनतालाई दुख दिएर घुस खान पर्दैन, उनले भने–अहिले मेरो सबै सपना पुरा हुँदै गएको छ, केटाकेटीहरु राम्रा विद्यालयमा पढिरहेका छन् भने बस्नलाई तीन कोठे पक्की भवन पाएको छु । साविक औरही घर भएका कामती छोराछोरीलाई पढाउनका लागि लहानमा ०६५ साल देखि ०७२ सालसम्म डेरा लिएर बस्ने ग¥थ्यो ।
जागिरको क्रममा पहाडी जिल्लामा काम धेरै हुन्थ्यो र कामतीको साइटमै महिनौ बित्थ्यो, सेवा सुविधा पनि काम अनुसार नै भेटिन्थ्यो, कमतीको विगतको फेहरिस्त यस्तो छ–तराइको जिल्लामा आउँदा काम कम हुँदै गयो, रौतहटदेखि काम कम हुँदै गएपछि सिरहा सरुवा भयो । एसएनआरटिपी परियोजना अन्तर्गत सिरहामा चिकना गाउँदेखि गाढासम्मको सडक सर्वेको काममा कार्यालयले खटायो, एक महिना लगाएर काम गर्नुप¥यो तर त्यसवापतको थप सेवा सुविधा बराबर २० हजार रुपियाँ कार्यालयले दिएन । कार्यालयमा दैनिक भ्रमण र खाजा भत्ताको कागजात बुझाए पनि तलब बाहेक सुविधा नदिएपछि परियोजनामा काम गर्न उहाँले त्यही दिनदेखि छोड्यो । अब केवल उनको कार्यालयको दैनिकी प्रशासनिक काममै बित्छ । कार्यालयको समय सकिएपछि उनको सुरु हुन्छ दुधको व्यवसाय ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »