प्रदेश २ लाई भ्रष्टाचारमुक्त प्रदेश बनाउँछौँ ः मुख्यमन्त्री राउत

प्रकाशित समय 7:42:00 PM
रौतहट, २४ चैत्र । २ नं. प्रदेशका मुख्यमन्त्री महमद लालबाबु राउतले प्रदेश २ लाई भ्रष्टाचार मुक्त प्रदेश बनाउने बताएका छन् । रौतहटको समनपुरमा शनिबार आयोजित कार्यक्रममा मुख्य मन्त्री राउतले भ्रष्टाचार मात्रै रोक्यो भने पनि यो प्रदेशमा धेरै विकास हुने बताए । प्रदेश २ लाई कसरी समृद्ध प्रदेश बनाउन सकिन्छ भन्ने सोच पनि आफूमा रहेको बताए ।
अवसर नै अवसरले भरिएको प्रदेश २ लाई देशको सबै भन्दा विकासशील र उर्जाशील प्रदेश बनाउनु छ ।  यसका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने छु, मुख्यमन्त्री राउतले भने, ‘अब देशमा विकासको लहर चलाउँनु छ । त्यसका लागि म सधैँ तत्पर छु । उनले थपे, ‘म भाषणमा मात्र चित बुझाउने मान्छे होइन, मलाई काम गरेर देखाउँनु छ र देखाउँछु पनि ।
स्वतन्त्र सांसद फोरममा प्रवेश रौतटह क्षेत्र ४ को ख स्वतन्त्र प्रदेशसभा सदस्य अब्दुल कलाज आजाद संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् । शनिबार रौतहटको गढीमाई नगरपालिका स्थित समनपुर बजारमा आयोजित एक कार्यक्रममा आजादलाई सो पार्टीका अध्यक्ष उपेन्द्र यादव र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अबीर लगाएर पार्टी प्रवेश गराएका थिए । आजादसँगै राजपाका केन्द्रीय सदस्य राजकुमार दास पनि फोरममा प्रवेश गरेका छन् ।
प्रदेश २ बाट एक मात्र स्वतन्त्र प्रदेशसभा सदस्य रहेका आजादले आफूले जिल्लाका जनताको लागि सक्दो काम गर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि तथा संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले फोरम मधेसमा झन बलियो हुँदै जाने बताएका छन् । फोरम मधेसी जनताको पार्टी भएकै नाताले पनि प्रदेश २ को सबैभन्दा ठूलो पार्टीको रूपमा फोरम स्थापित हुन पुगको अध्यक्ष यादवको भनाइ रहेको थियो । कार्यक्रममा प्रदेश २ का कृषि राज्य मन्त्री योगेन्द्र राय यादवको समेत सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »