किराना पसल चलाएर आत्मनिर्भर बन्दै रितादेवी

प्रकाशित समय 9:17:00 PM
सिरहा, ५ वैशाख । सामुदायिक संस्थामा आवद्ध हुँदा आउने परिवर्तनको उदाहरण बनेकी छन्, सिरहा नगरपालिका–१४ नव टोलीकी रितादेवी मण्डल । गाउँले महिलाहरुको सक्रियता मा खुलेको सामुदायिक संस्थामा आवद्ध भएर किराना पसल संचालन गर्दै आएकी छन्,उनी । 
गरिबी निवारण कार्यक्रम अन्तर्गत खुलेको सामुदायिक संस्थाबाट २०६९ सालमा २० ऋण लिई संचालन गरेको किराना पसल अहिले लाखौंमा परिणत भएको रितादेवीले बताइन् । पहिलाको ऋण चुक्ता गरेर पछिल्लो पल्ट ४० हजार थप ऋण लिएको उनले भनिन्,‘यो पनि चुक्ता गर्ने अन्तिम चरणमा पुगेको छु ।
यो मेरो नियमित लगशिलता को परिणाम हो, उनी थप्छिन्,‘ कुनै काम जो कोहीले लगनशिल भएर गरेपछि उसले कुनै न कुनै दिन सफलता हासिल गर्न सक्छ । कुनै पनि काम सहज हुँदैन् । परिश्रमको वलमा सहजता आउने हो । किराना पसल संचालन गरेको सुरुवाती अवस्थामा केही प्राविधिक कठिनाईहरु आए तर त्यसलाई छिचोल्दै अघि बढ्न प्रयास गरेपछि सबैखाले समस्या आफै समाधान भएर गएको उनले सुनाईन् । 
दुई छोरा र दुई छोरीकी आमा रितादेवीले किराना पसलसँगै सिलाई कटाईको मेसिन पनि राखेकी छन् । किराना पसल र सिलाई कटाईको आम्दानीले घर खर्चसँगै छोरा÷छोरीलाई पढाउन समेत अलि÷अलि तिर्न पुग्ने गरेको उनले बताइन् । रितादेवीको पति वसन्त कुमार मण्डल शिक्षक हुन् । घरका सबै सदस्यले आत्म निर्भरताको अभियानमा सकारात्मक सहयोग गर्दै आएको उनले सुनाइन् । रितादेवीकी चारवटै छोरा÷छारी पढ्दै छन् । घरका कुनै एक सदस्य जागिर वा कुनै आम्दानी योग्य काम पाएपछि महिलाहरु आरामको आश खोजिरहेका हुन्छिन् तर रितादेवीले आफुले पनि केही गर्नुपर्छ भनी किराना पसल र सिलाई कटाईको मेसिन राखेर आम्दानी गर्दै आएकी छन् । 
काम कसैको बाँडेका हुँदैन् र कोही पनि सिकेरै आएका हुँदैन्, उनले भनिन्,‘सबैभन्दा पहिला व्यक्तिमा काम गर्ने चाहना हुनुपर्छ । बसिरहनु भन्दा राम्रो केही गरेर आम्दानी गर्नु राम्रो हो । यसले घरका सदस्य तथा आफैलाई फाइदा पु¥याउछ भनेर काम गर्दैछु । किराना पसल संचालन गर्न संस्थाबाट ऋण लिनुका साथै अरु नापुग रकम घरबाट थपेको उनले बताइन् । 
नवटोलीमा खोलिएको तुल्सी सामुदायिक संस्थाका अन्य सदस्यहरु आत्मनिर्भरता का लागि यसरी नै आयमुलक काम गर्दै आएको नेपाल रेडक्रस सोसाइटी शाखा सिरहा गरिबी निवारण कार्यक्रमका कार्यक्रम संयोजक राधा श्रेष्ठले बताए । उनले संस्थाका सदस्यहरु लाई व्यवसायिक विकासका लागि कार्यक्रम अन्तर्गत रचनात्मक तालिम र अन्य रचनात्मक सहयोग गरिएको बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »