प्रकाशकीय

प्रकाशित समय 6:12:00 PM
अबको बाटो..........
सातै प्रदेशका प्रादेशिक समाचारलाई ध्यानमा राख्दै प्रदेश नम्वर २ को समाचारलाई पहिलो प्राथमिकता दिदै मार्गानुगामीु दैनिक पत्रिका नयाँ वर्ष २०७५ को बिहानीसंगै पाँचौ वर्षमा प्रवेश गरेको छ । छापा पत्रकारिताको चार वर्ष लामो चुनौतीपूर्ण, तर सफल यात्राको लागि हामी आदरणीय पाठक, विज्ञापनदाता र वितरकहरुप्रति हृदयदेखि नै आभारी छौं ।
सामग्रीको सबैभन्दा धेरै विविधता र सबैभन्दा धेरै पाठकमैत्री प्रस्तुति अहिले मार्गानुगामी पत्रिका को पहिचान हो । अरु कसैलाई होईन, आफैंलाई प्रतिस्पर्धी मानेर हामी अझ विविधतापूर्ण र अझ पाठकमैत्री बन्ने प्रयास गर्नेछौं । अहिले प्रकाशन भईरहेको मार्गानुगामी अनलाईन डिजिटल थप परिमार्जनसहित प्रकाशन हुनेछ । हामी अर्को वार्षिकोत्सवअघि अझ व्यवस्थित रुपमा पत्रिका र अनलाईनलाई अगाडी बढाउने आन्तरिक तयारीमा पनि छौं ।
प्रदेशहरुका आर्थिक तथा व्यावसायिकक सम्भाव्यता र विकासका प्राथमिकतामा केन्द्रित रहेर ग्रामिण क्षेत्रको समग्र विकासमा सधैं सजग रहंदै आएका छौं । ग्रामिण क्षेत्रको विकासको सम्भाव्यतालाई अझ व्यवस्थित र परिमार्जन गरेर सकारात्मक चिन्तन राखेर समृद्धिको बहस अब मार्गानुगामी पत्रिकाको उच्च प्राथमिकता हुनेछ ।
केवल बेग्लै पत्रिका होइन, बरु बेग्लै पत्रकारिता मार्गानुगामी पत्रिकाको सुरुदेखिकै संकल्प हो । स्थापना कालदेखि नै ग्रामिणक्षेत्रका आवाजलाई हामीले समाचारको प्रस्तुति मात्र होईन, यसलाई मिशनकै रुपमा लिएकाछौं । पत्रिकारिताबाहेक मार्गानुगामी पत्रिकाको कुनै मिसन छैन र कसैमाथि हामीले मिडियाको नकारात्मक शक्तिको प्रयोग गर्नेछैनौं । राजनीतिक नेतृत्वलाई हाम्रो खबरदारी पनि ध्वंसात्मक होईन, रचनात्मक नै हुनेछ ।
यस वर्ष पत्रिकामा निर्माण, आशा, विश्वास, प्रगति र समृद्धिको दैनिकी उतार्न पाईयोस् यही कामना छ । हाम्रा सबै पाठक, विज्ञापनदाता, वितरक र शुभचिन्तकमा पुनः नयाँ वर्ष २०७५ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »