सिरहाबाट एक वृद्ध अपहरित

प्रकाशित समय 10:08:00 PM
गोलबजार, २९ चैत्र । सिरहाको विष्णुपुर गाउँपालीका–१ गौरीपुर बाट  एक वृद्ध अपहरणमा परेको आशंका गरिएको छ । मंगलबार विहान घरनजीकैको खेतमा रहरको बोटबाँध्न गएको स्थानीय ६५ वर्षिय लक्ष्मण पसमान अपहरणमा परेको आशंका गरिएको हो ।
खेतमा गएको हजुरवुवा नदेखेपछि लक्ष्मणका नातीनीले घरमा आएर खवर गरेको उनका कान्छाछोरा रामश्वर पासनमानले बताए । भतिजीले आएर ९ बजेतिर बुवा खेतमा नभएको सुनाउने वित्तिकै खेतको वरपर, नजीको आँमको बगैचा सवैतिर खोजेपनि कतै फेला नपरेपछि आफ्नो आफन्तकोमा सोधीखोजी गरेको रामश्वरले बताए ।
विहानैदेखि खोजतलास गर्दा नपाएपछि र बुबाले बोकेको मोवाईल समेत अप भएपछि बेलुका प्रहरीलाई खवर गरेको रामश्वरले जानकारी दिए ।
सवैतिर खोज्ने कार्यजारी रहेकैवेला मंगलबार राती १२ बजेतिर बुबाको फोनमा सम्पर्क भएको उनका कान्छा छोरा रामश्वर ले जानकारी दिए । फोनमा सम्पर्क हुँदा उनले आफू चोहर्वामा रहेको जनाए । आफूहरु लिन आउँछु भन्दा अहिले तिमीहरु नआउ यहाँ समस्या हुन सक्छ भनेपछि सम्पर्क विछेद भएको रामश्वरले जनाए ।
सोही क्रममा उनले बुबाले जिल्ला समन्वय समितिका उपाध्यक्ष सरोज यादवले शिक्षक हाजिर गराउने विषयम छलफल गर्नु छ भन्दै बोलाएको थियो त्यहीबाट मलाई यता ल्याएको भन्ने सम्मको कुरा भएको जनाए । 
उनका छोरा रामश्वरले केही दिनअघि देखि नै शिक्षकलाई हाजिर गाउनु भन्दै पार्टीकाहरुले फोन गर्ने गरेको बताए । जनता माध्यमिक विद्यालयमा नयाँ शिक्षक सरुवा भएर आउन लागेको विषयमा स्थानीयले असहमति जनाउँदै आएको छ । पासमान पनि शिक्षक सरुवा भएर आउने शिक्षकलाई हाजिरी गराउने विपक्षमा रहेको बुझिएको छ । 
जिल्लाकै जनता माध्यमिक विद्यालय, गोलबजार ८ चोहर्वाका कार्यरत शिक्षक मोहन महतो त्यहाँ सरुवा  भएर गएका छन् ।
प्रहरीले अपहरीत खोज्ने कार्यको लागि सवै प्रविधि अपनाई रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता राजन भेटवालले  अनुसान्धानकार्य जारी रहेको भन्दै खोजी कार्यालाई पनि तिव्रता दिएको जनाएको छ । प्रहरीले पनि उनी अपहरणमा परेको आशंका गरेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »