सिरहामा बढ्यो बलात्कार

प्रकाशित समय 10:05:00 PM
शम्भु यादव
सिरहा, २२ चैत्र । तीन वर्षयता सिरहामा करणी र करणी प्रयासका घटना बढ्दो छ । आर्थिक वर्ष ०७२र७३, ०७३र७४ मा क्रमशः २७, ३७ र चालु आवको हालसम्म ४६ वटा करणी र करणी उद्योगका घटना प्रहरीमा दर्ता भएका छन् ।
गरिबी, अशिक्षा, बेरोजगारी, समाजिक सञ्जालको दुरुपयोग, महिलाप्रतिको हेपाहा प्रवृत्ति, लागूऔषध दुव्र्यसन, पीडितलाई आर्थिक प्रलभोन, डर, धम्की र खुला सीमाले यस्ता जघन्य प्रकृतिका घटना बढिरहेका सिरहा प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताएका छन् । वैदेशिक रोजगारी पनि यसको कारण रहेको उनको भनाइ थियो ।
घटना हुँदा प्रहरीलाई समयमै जानकारी आउँदैन, एसपी कोइरालाले भने, ‘जानकारी ढिलो आउँदा कतिपय प्रमाण नष्ट हुन्छन, त्यसले अनुसन्धान प्रक्रिया अघि बढाउन पनि ग्राहो हुने गर्छ । एकअर्कालाई रिसीइबी साध्ने मनसायले पनि जिल्लामा कतिपय व्यक्ति यससम्बन्धी मुद्दा लिएर प्रहरीमा आउने गरेका प्रहरी प्रमुख कोइरालाले बताए ।
वैज्ञानिक साधन स्रोत अभाव, अपराधपछि घटना लुकाउने प्रवृत्ति, पैसाको प्रभाव, झुटा जाहेरी, पीडितलाई पीडक पक्षबाट दबाब दिएर जाहेरी गर्न रोक लगाउनु र अनुचित प्रलोभनमा पार्नु घटना अनुसन्धानको चुनौती भएको कोइरालको तर्क छ । ‘यस खाले मुद्दामा बकपत्रका लागि अदालतमा डाक्टर बोलाउँदा उनीहरू पनि समयमा आउने गर्दैनन् । कानुनी व्यवसायी वीरेन्द्र सिंहले भने, ‘अदालतमा झुटा मुद्दा लिएर आउने व्यक्तिलाई पनि सजाय हुन्छ भन्ने डरले यस्ता घटनामा कमी आउने गरेको छ । तर, डाक्टरलाई अदालतले बोलाएकै बेला उपस्थित भएको जिल्ला अस्पताल सिरहाका डाक्टर जितलाल यादवले बताए । ‘अदालतले हामीलाई १० बजे बोलाउँछ तर बकपत्र ३र४ बजे गराउँदा दिनभरि बिरामी उपचार गर्ने समय खेर जाने गरेको छ’, उनले भने, ‘हामीले अटेर गरेका छैनौं ।
पीडित समयमै अस्पताल नआउँदा र अनुभवी चिकित्सक नभएपछि कहिलेकाहीँ मेडिकल रिर्पोटमा त्रृटि हुन सक्ने उनले बताए । घटना लुकाउने प्रवृत्ति, पैसाको प्रभाव, झुटा जाहेरी, पीडक पक्षबाट दबाब दिएर जाहेरी गर्न रोक्नु र अनुचित प्रलोभनमा पार्नु घटना अनुसन्धानको चुनौती ०७२र७३, ०७३र७४ र चालु आवको हालसम्म करणी क्रमशः १७, २६ र २४ तथा करणी प्रयास १०, ११ र २२ वटा घटना भएका छन् । आव ०७१र७२ मा ८.३७ प्रतिशतले घटनामा कमी आएको थियो । त्यसयता फेरि यस्ता घटना बढिरहेका छन् । महिनैपिच्छे यस्ता घटना हुने गरेका छन् । पछिल्लो आव ०७२र०७३, ०७३र७४ मा ९.९९ प्रतिशत र ०७३र७४, ०७४र७५ (हाल सम्म) ९.४ प्रतिशतले घटना बढेको देखिन्छ ।
जिल्लामा भएका यस्ता खाले घटना शनिबार तथा बिदाका दिन बढी हुने गरेको तथ्यांकले देखाएको छ । साथै आफ्नै घरभित्र, सार्वजानिक स्थल, जंगल र खेतरचौरमा यस्ता घटना बढी हुने गरेको पाइएको छ ।
प्रहरी नियन्त्रण अभियान थाल्दै जिल्लामा जबर्जस्तीकरणीका घटना बढेपछि प्रहरीले न्यूनी करणका लागि अभियान गर्ने भएको छ । ‘जबर्जस्तीकरणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान कार्ययोजना २०७४’ नै बनाएर तीनमहिने अभियान वैशाख १ गतेदेखि सुरु गर्ने प्रहरीले बताएको छ ।
अभियानअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्र र इलाका प्रहरी कार्यालयहरूबाट निर्धारित पाठ्यक्रअनुसार ग्रामीणस्तरमा शैक्षिक संस्थाका कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । हिंसाविरुद्ध नारासहित तुल ब्यानर, पम्पलेट लिएर ¥याली र सडक नाटक प्रदर्शनलगायत कार्यक्रम गरिने छ ।
नगर र गाउँपालिकाका उपप्रमुखको संयोजकत्वमा वडाहरूमा महिलाहरूलाई सहभागी गराई ‘जबर्जस्तीकरणी अपराध विषयक अन्तक्र्रिया गर्ने योजना रहेको प्रहरी प्रमुख एसपी कोइरालाले जानकारी गराए । जिल्ला गैरसरकारी र सरकारी निकायसँग समन्वय गरी अभियान थाल्ने उनले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »