लामखुट्टेबाट नगरवासी हैरान

प्रकाशित समय 1:06:00 AM
मिथलेश यादव
लहान, २० चैत्र । प्रदेश २ का आठ जिल्लामध्ये तुलनात्मक रुपमा सफा सहरको रुपमा लहानको नाम लिईन्थ्यो । तर, पछिल्लो समय फोहोसँगै फैलिएको लामखुट्टेले यस सहरको पुरानो छवि धमिलो बनेको छ ।
फोहोर र लामखुट्टे नियन्त्रणका लागि नगरपालिकाहरुले चासो नदेखाएको स्थानीयहको गुनासो छ । यहाँका स्थानीयले लामखुट्टे नियन्त्रणका लागि लहान नगरपालिकासँग औषधि छर्किनुपर्ने माग गरेको महिनौं भईसक्दा पनि सुनवाई छैन । धैरै भइसक्यो औषधि चर्केकै छैन, स्थानीय सन्तोष गुप्ताले भने, लामखुट्टे यतिविध्न बढेको छ कि दिउँसै आरामले सुत्न पाईदैन । उनेले थपे राति भुलभित्र पनि आरामले सुत्न पाईदैन । लामखुट्टे नियन्त्रणमा नगरपालिकाले चासो नदेखाएको उनको गुनासो छ ।
जताततै फोहोर र लामखुट्टेले नगरको सफा छवि धमिलो बनिरहेको स्थानीय विजयकुमार गुप्ताले बताए । लामखुट्टे नियन्त्रणका लागि नगरपालिका लाई काम थाल्न धेरै पटक आग्रह गर्दा पनि बेवास्ता भएको उनले बताए । किन जनप्रतिनिधिले नियन्त्रणका लागि चासो नदेखाएका हुन, बुझनै सकिएन, उनले भने । लामखुट्टे नियन्त्रणका लागि प्रभावकारी काम थाल्न उनको आग्रह छ ।
लहानमा ढलको प्रभावकारी निकास नहुँदा पनि लामखुट्टेको समस्या बढेको छ । दशकौं पुरानो  कतिपय नाला जीर्ण भएर निकास रोकिएको छ । सानो पानी पर्दा पनि लहानको मुख्य चोक जलमग्न हुन्छ । सहर व्यवस्थित बनाउन बजारभित्र सडक, ढल निर्माण काम निर्माणधीन छ । तर जनप्रतिनिधि आईसक्दा पनि जनताका समस्या सामाधानमा चासो नहुनु विडम्बना भएको गुप्ता बताउँछन । लहानको तत्कालको जल्दोबन्दो समस्या लामखुट्टे नियन्त्रण नै हो, उनले भने ।
नगरपालिकासँग लामखुट्टे नियन्त्रण लागि बजेट छ । लहान–७ का वडाक्ष्यक्ष राकेश गुप्ताका अनुसार लामखुट्टे नियन्त्रका लागि पैसा उपकरण सबै रहे पनि काम अघि बढन सकेको छैन ।
लामखुट्टे नियन्त्रणकै लागि छर्किने मेसिन र प्राविधिक पनि छ उनले भने नगरको बैठकबाट निर्णयसमेत भईसकेको छ, खै किन हो काम अघि नढेको । लामखुट्टे नियन्त्रणका लागि नगरपालिकाले लहान क्षेत्रमा २ वर्षअघि चर्केको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »