छोरी क्लव गठन

प्रकाशित समय 1:23:00 AM
मेनुका गौतम
सिरहा, १६ वैशाख । गोलबजार नगरपालीकाका उपप्रमुख रेशम कुमारी थापाले छोरा–छोरी दुवैलाई समान शिक्षा र अवसर दिनुपर्ने वताएको छ । सिरहाको गोलबजार नगरपालीकाको लक्षित वर्ग अन्तर्गत ‘सामाजिक रुपान्तरणको लागि छोरी क्लव गठन तथा किशोरी शिक्षा कार्यक्रमको उद्घाटनगर्दै अझैपनि छोरीहरु विभिन्न नाममा विभेदमा परेको बताए ।
एउटै बावुआमाको सन्तान छोरा र छोरीमा वितविभेद रहेसम्म समाजको विकास सम्भव नभएको उपप्रमुख थापाले बताए । उनले समाज विकसको लागि छोरा र छोरी दुवैको आ–आफ्नो ठाउँमा उत्तिकै महत्व रहेको जनाए । उनलेभने, ‘समाजको समान विकासको लागि छोरा र छोरी दुवैले उक्तिकै महत्व रहँदै आएको छ, त्यसैले अवर समान अवसर पाउनु पर्छ, उनिहरु लिङ्गको नाममा विवद गरिनु हुँदैन ।
उनले कुनैपनि एक सन्तानविना समाजको कल्पना पनि गर्न सकिन्न त्यसैले उनीहरुको महत्व छ । ‘किशोरीहरुपनि देशनिर्माणका कर्णधारहुन उनीहरुले पनि समान शिक्षा र अवसर पाउनु पर्छ, उप्रमुख थापाले भनिन्, ‘किशोरी शिक्षा, उनीहरुले पाउने अवसर तथा उनीहरुको समग्रविकासमा नगरपालीकाले पनि सकेको सहयोग हुनेछ ।
कार्यक्रम नगरपालीकाका कार्यकारी अधिकृत सह–सचिव गिरिराज ज्ञवालीले समाज हाम्रो हो, यसलाई कस्तो वनाउने भन्ने जिम्मा पनि हाम्रै भएकोको बताए । कुनै एउटै क्षेत्र, वस्तु, लिङ्गकोमात्र विकास वा वृद्धिले समाजविकास नहुने भन्दै त्यसको समग्रविकासको जरुरी हुने अधिकृत ज्ञवालीले बताए ।
समाज रुपान्तरणको लागि छोरीशिक्षितहुनु नितान्त जरुरी रहेको भन्दै उनीहरुलाई यस्ता खालका तालिम गोष्ठिहरुले पनि ठूलो सहयोग पुग्ने जनाए ।
गोलबजार नगरपालीका वडा नं. ४ का अध्यक्ष राजदेवयादवले विद्यालय, सडक, पुल, ढल बनाएरमात्र समग्र समाजको विकास नहुने बताए । समाज रुपमन्तरणको लागि हरेक तह तप्काकाको समान विकासको आवश्यकता रहेको बताए । उनले हाम्रो समाजमा छोरीलाई अझैपनि चुलो चौका र घरभित्रै सिमित गराउने परिपाटी अन्त्य हुन नसकोे बताउँदै छोरीलाई शिक्षित र सक्षम बनाउनु जरुरी रहेको बताए ।
नगरपालीकाका ४ नम्वर वडाका ४५ जना किशोरीहरु सहभागीता रहेको कार्यक्रमको अधिवक्ता ओमकुमारी साहले संचालन गरेको थियो भने अध्यक्षता रिता दहालेले गरेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »