बेमौसमी वर्षाले काँचो इँटा गलेर दुई करोडको क्षति

प्रकाशित समय 7:35:00 PM
कमलेश यादब
गोलबजार, २३ चैत्र ।  बेमौसमी वर्षात र हुरी बतासले भट्टामा पकाउन तयारी अवस्थामा राखिएको काँचो इँटा गल्दा करोडौँ रुपैयाँको क्षति भएको छ । वर्षाले भट्टामा पकाउन सुकाएर तयारी अवस्थामा राखिएको इँटा गल्दा जिल्लाका करिब ५६ वटा भट्टा व्यवसायीहरुले दुई करोड रुपैयाँ बढीको क्षति भएको गुनासो गरेका हुन् ।
वर्षातले काँचो इँटा गल्दा व्यवसायीहरु आर्थिक रूपले नोक्सानी भएको छ, सिरहा इँटा उद्योग व्यवसायी महासंघका अध्यक्ष तथा श्रीसागर इँटा उद्योगका सञ्चालक विक्रम साहले भने । गोलबजारस्थित सगुन इँटा उद्योगका सञ्चालक तथा महासंघका रामसगुन यादवका अनुसार हुरी बताससँगै परेको वर्षाले गल्दै गरेको इँटाको चाङ ढलेर कामै नलाग्ने भएको छ । ‘यो वर्ष इँटा बनाउने मुख्य समयमै वर्षा भएपछि इँटा व्यवसायीहरु ठूलो मारमा परेका छन, यादवले भने ।
स्थानीय गणपति र न्यू गणपति इँटा उद्योगका सञ्चालक कृष्णा सिंहले भने ‘इँटा व्यवसायीहरूका लागि जेठ असारसम्म  मुख्य सिजन भएकाले धेरै काँचो इँटा भट्टामा हाल्न तयारी गरिएको थियो, पानीले गलेर काम नलाग्ने भएको छ ।
जिल्ला अध्यक्ष साहका अनुसार प्रतिगोटा काँचो इँटा तयारीका लागि मजदुरको पारिश्रमिक, माटो, पानीलगायत को मूल्य जोड्दा लागत मूल्य दुई रुपैयाँ पर्न जान्छ । ‘राज्यले व्यवसायीसँग कर मात्र लिने गरेको गुनासो गर्दै साहले भने, ‘प्राकृतिक प्रकोपले समस्या पर्दा राज्यले पनि हेर्नुर्पयो, अन्यथा जिल्लाका कतिपय व्यवसायी हरूको व्यवसाय नै धराशायी हुने अवस्थामा पुगेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »