यामाहाको स्क्र्याचबाट राय र चौधरी पुरस्कृत

प्रकाशित समय 10:00:00 PM
लहान, १३ वैशाख । नयाँ वर्ष आमन्तरण कार्यक्रम अन्तर्गत यामाहाको मोटरबाइक खरिदकर्ता दुईजना भाग्यमानी ग्राहकलाई स्क्र्याच कुपनमा चिठ्ठा परेको छ । लहानको एस.एस. अटो सेन्टरबाट एसजेडआरआर मोटरसाइकल खरिदकर्ता लहानकै सीतल चौधरीलाई ५० हजार र सोलुटो मोटरसाइकल खरद कर्ता तेनुवा पट्टिका मिथिलेश कुमार रायलाई २५ हजार रकम पाएका छन् ।

दुवैजना भाग्यमानी मोटर साइकल खरिदकर्ताहरुलाई चिठ्ठा परेको रकम एस.एस. अटो सेन्टरका संचालन संचिव साहले प्रदान गरेको हो । यामाहा कम्पनीको बाइक खरिद गर्दा प्रत्यक ग्राहकले स्क्र्याच कुप्पन पाउने  गर्दछ । नयाँवर्षको अवसर पारेर यामाहाले आफ्ना ग्राहलाई स्क्रयाचको सुविधा दिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »