तीन जिल्लामा १४ आयोजना अलपत्र ११ ठेकेदार कम्पनीलाई कारबाही गर्न सिफारिस

प्रकाशित समय 1:00:00 AM
विदुर कटुवाल
उदयपुर, २१ चैत्र । सगरमाथा लोकमार्गको कदमाहा–गाईघाट सडकखण्डमा पर्ने उदयपुरको त्रियुगा नगरपालिका–६ बगाहास्थित फर्सेठ खोलामा छ वर्षअघि निर्माण सुरु गरिएको पुल अझै सम्पन्न भएको छैन । पाँच करोड आठ लाख दुई हजार ९०४ रुपैयाँको लागतको उक्त पुल बीपीरबहादुरथिङ जेभी काठमाडौंले तीन करोड ७० लाख २२ हजार २३८ रुपैयाँमा निर्माण का लागि ठेक्का लिएको हो ।
०६८ असार ३१ मा निर्माणको ठेक्का लिएको उक्त पुल ०७० असार २० मा सम्पन्न गर्नुपर्ने सम्झौता थियो । पुल अनुगमनको जिम्मेवारी पाएको सडक डिभिजन कार्यालय, लाहानका इन्जिनियर शोभितलाल ठाकुरले दुई पटक म्याद थप हुँदा पनि निर्माण नभएको बताए । ‘पछिल्लो पटक ०७२ जेठ १५ सम्मका लागि म्याद थप गरी काम गर्न ठेकेदारलाई जिम्मा दिइएको थियो’, उनले भने, ‘तर, निर्धा्रित समयमा पुल नबनेपछि सडक डिभिजन कार्यालय, लाहानलाई आरोप लगाइएको छ ।
ठेकेदार कम्पनीमा विवाद भएकाले पुल बन्न नसकेको बताइएको छ । एक करोड ६० लाख रुपैयाँको विवादले पुल बन्न सकेको हो । जिल्ला सममन्वय समिति उदयपुर प्रमुख खड्ग परियारले भने, ‘सडक डिभिजन कार्यालय, लहान र ठेकेदारको लापरवाही देखिन्छ । सडक डिभिजन कार्यालय, लाहानअन्तर्गत निर्माण भइरहेको सिराहाको मैनावती खोलाको पुल पनि निर्धा्रित समयमा निर्माण पूरा हुन सकेको छैन । ०६७ माघ १० मा निर्माण सुरु भएको उक्त पुल ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । निर्माणको जिम्मा पाएको नेपाल प्रगतिररायमाझीरलोकवीर एण्ड वेताली जेभीले कुल बजेटको ३२ दशमलब १२ प्रतिशत रकम लिइसकेको महालेखा प्रतिवेदनमा उल्लेख छ ।
भ्याटबाहेक चार करोड १६ लाख रुपैयाँमा ठेक्का पाएको ठेकेदार कम्पनीले एक करोड ९२ लाख ३० हजार बुझिसकेको डिभिजन कार्यालयका लेखा अधिकृत टंकनाथ काफ्लेले जानकारी दिए । ‘पुरानो ठेक्का हो, के कति कारणले निर्माण सम्पन्न भएन इन्जिनियरले भन्नु हुन्छ । काफ्लेले भने, ‘प्राविधिक रिपोर्ट आएपछि भुक्तानी हुन्छ, यसअघि दिएको भुक्तानीबारे आफूलाई थाहा भएन । महालेखा प्रतिवेदनअनुसार काम नगर्ने ठेकेदारलाई कालो सुचीमा राख्ने प्रक्रिया अघि बढाइएको कार्यालले जनाएको छ ।
निर्माण कार्य बीचैमा छाडिएका माथि दुई पुल उदाहरण मात्र हुन् । सडक डिभिजन कार्यालय लहानले सञ्चालन गरेका अधिकांश योजना अलपत्र छन् । कार्यालयका कर्मचारी र ठेकेदारको मिलेमतोमा सिराहा, सप्तरी र उदयपुरका सडक तथा पुलका आयोजना निर्धा्रित समयमा सम्पन्न हुन नसकेको जानकारीहरु बताउँछन् ।
अलपत्र परेका अधिकांश योजनाहरु आर्थिक वर्ष २०६७र०६८ देखि ०७४ असारभित्र सम्पन्न भइसक्नु पर्ने महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । महालेखाको ०७४ फागुनको ०७३र७४ को प्रतिवेदनमा १४ वटा आयोजना सम्पन्न नभएको उल्लेख छ । थप भएको म्यादभित्र समेत निर्माण सम्पन्न नगर्ने ११ वटा कम्पनीलाई कारबाही गर्न सिफारिस गरिएको छ ।
सम्झौताअनुसार काम नसक्ने कम्पनीलाई महालेखाको सुझावअनुसार काराहीको प्रक्रिया सुरु गरिएको डिभिजन सडक कार्यालयले जनाएको छ । निर्माण कम्पनीको नाममा सार्वजनिक सूचना प्रकाशन गरी कालो सूचीमा राख्नु नपर्ने कारण भए सात दिनभित्र कार्यालयमा उपस्थित हुन आह्वान गरिएको डिभिजन प्रमुख रामकुमार देवले बताए । ‘हामीले सार्वजनिक सूचना निकालेपछि ठेकेदारले काम गर्न थालेका छन् । प्रमुख देवले भने, ‘जसरी भएपनि निर्माण कम्पनी लाई काम लगाएर छिट्टै सम्पन्न गर्ने गरी काम भइरहेको छ । महालेखा परीक्षक कार्यालयले सप्तरीको मुतनीधार खोला र सुमरी खोला पुल निर्माणको ठेकेदार कम्पनी नीलगिरी निर्माण सेवा काठमाडौं, नेपालटार सन्धाने काभ्रेपानी सडकको लामारबाम्ती जेभी, राजविराज कुनौली सडकको जिम्मा पाएको पुष्पाञ्जलीरजोया ब्रदर्स जेभीलाई कारबाही गर्न सुझाव दिएको छ ।
त्यसैगरी भारतको सीमाना हुँदै छिन्नमस्ता फकिरा मलेकपर कटैया रुपनी गाईघाट सडक र कसमस सिमेन्ट उद्योग पहुँच मार्गको निर्माण जिम्मा पाएको विकासरकेएम जेभी, तावाखोला पुल गाहिल सन्स् कम्पनी, भारतको सीमाना हुँदै छिन्नमस्ता फकिरा मलेकपर कटैया रुपनी गाईघाट सडक र माझखर्क जाँते लाफागाउँ सडकको ठेकेदार माँ पवित्रा निर्माण सेवा, कन्चनपुर मन्दिर सडकको राज कन्स्ट्रक्सन, महेन्द्र राजमार्ग बलान कमला सेक्टरको एनबी कन्स्ट्रक्सन र वलार्दह चोकदेखि अर्दाहा बोची सडकको जिम्मा पाएको सुरुनुसुवा सत्यम् कन्स्ट्रक्सनलाई कारबाही गर्न महालेखाले सिफारिस गरेको छ । लाहान सडक डिभिजन कार्यालय अन्तर्गत सञ्चालित अन्य साना योजन मा पनि निर्माण पूरा नहुँदै बीचै छाड्ने गरेको पाइएको छ । उदयपुर, सिरहा र सप्तरीमा पुल र सडक निर्माण सडक डिभिजन कार्यालय लाहानले नै हेर्दै आएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »