मौवाही बालविवाहमुक्त गाउ“

प्रकाशित समय 7:33:00 PM
भरत जर्घामगर
सिरहा, २३ चैत्र । सखुवानानकार कट्टी गाउँपालिका–१ स्थित मौवाही गाउँ जिल्लाकै पहिलो बालविवाहमुक्त गाउँ बन्न पुगेको छरु। सभासद अशोक यादव र संयुक्त राष्ट्रसंघ सिड कमिटी सदस्य बन्दना राणाले बुधबार संयुक्त रुपमा झन्डोत्तोलन गरेर मौवाहीलाई बालविवाहमुक्त घोषणा गरे ।
पछ्यौटेपन र चेतना कमीसँगै बालविवाहको भयावह अवस्था रहेको मौवाहीमा लहानस्थित दलित जनकल्याण युवा क्लवले दुई वर्षसम्म बालविवाहविरुद्ध जागरण अभियान चलाएको थियो । क्लबद्वारा सञ्चालित आस्था परियोजनाको घरधुरी सर्वेक्षणअनुसार २०७३ मा मौवाहीमा १ सय ८९ जोडीको बिहे भएकामा ७१ जना १८ वर्षभन्दा कम उमेरका थिएरु। गत वर्ष कुल संख्याको ३८ प्रतिशत बालविवाह भएको थियो । यो दर जिल्लामै उच्च हो ।
स्थानीय र संघसंस्थाको प्रयासमा चालु आवको फागुन मसान्तसम्म बालविवाह १५ प्रतिशतमा झरेको क्लवका कार्यक्रम संयोजक विनोद बिसुन्केले जानकारी दिए । यस्तै, चालू आवको यही अवधिमा ७ सय ९२ जनालाई प्रजनन सेवा केन्द्र र्पुयाइएकामा १ सय ७४ जना किशोरी रहेको प्राथमिक स्वास्थ्य चौकी मौवाहीले जनाएको छ ।
‘बालविवाह बढीजसो विपन्न, गरिब तथा दलित समुदायमा हुने गरेको छ, छोरीलाई राम्रो शिक्षा उपलब्ध गराउँदा दाइजो पनि बढी दिनुपर्ने मानसिकताका बालविवाह न्यूनीकरण हुन सकेको थिएन, गाउँपालिका अध्यक्ष केदारनाथ यादवले भने, ‘बालविवाह उन्मूलन गर्न पूरै गाउँपालिकामा ठोस कार्ययोजनासाथ जनचेतना र दण्ड सजायको व्यवस्था एकैपटक लागू गर्न जरुरी छ ।
बालविवाह र घरेलु हिंसाको कारक पुरुष भएको ठहर गर्दै यसको न्यूनीकरणका लागि सुरु गरिएको अभियान सफल भएको बालविवाह र लंैगिक हिंसाविरुद्ध पुरुष समिति मौवाहीका सदस्य शिवु साहले बताए । उनले लैंगिक आधारमा हुने हिंसामा पुरुषकै संलग्नता हुने र बालविवाहमा पनि पुरुषकै अभिभावकत्वले काम गर्ने ठहर गर्दै अभियानमा सक्रिय भएको सुनाएरु। अभियानमा ७५ पुरुष अभियन्ता सहभागी थिए । वडैपिच्छे लैंगिक हिंसाविरुद्ध पुरुष समिति गठन गरी त्यसमा २५ अभियन्ता क्रियाशिल छन ।
गाउँघरमा महिलामाथि कुटपिट, अंगभंग गराउने, जलाउने, बलपूर्वक गर्भपतन गराउने, यौनजन्य दुव्र्यवहार, आर्थिक साधन स्रोतबाट वञ्चित, बालविवाह, बहुविवाह, दाइजोको नाममा यातनालगायत घरेलु हिंसा हुन थालेपछि २५ जना पुरुषले सामूहिक छलफल गरी अभियानमा साथ दिएका हुन । अभियन्ताहरूले दाइजो नलिने र नदिने, बालविवाह नगर्ने र नगराउने, छोराछोरी बीच पढाई, खानपिन, पालनपोषणमा विभेद नगर्ने प्रतिबद्धतासमेत जनाएका छन ।
कार्यक्रममा सिड कमिटी सदस्य राणाले विश्वमै सबैभन्दा बढी बालविवाह हुनेमा नेपाल तेस्रो स्थानमा रहेको उल्लेख गर्दै यो अवस्था सुधार्न जिल्लाका सबै स्थानीय तह र वडा जागरुक हुनुपने बताइन । प्रदेशसभा सदस्य अशोक यादवले बालविवाह र दाइजो प्रथाले गाँजिएको प्रदेश २ का आठै जिल्लामा यस्ता विकृतिविरुद्ध प्रदेशसभाबाट ठोस रणनीति निर्माणका लागि प्रस्ताव गर्ने प्रतिबद्धता जनाए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »