कमलाको बगरमा तरकारी र तरबुजा खेती गर्न उत्साहित किसान

प्रकाशित समय 4:07:00 AM
कमलेश यादब
सिरहा, ८ वैशाख । जिल्लाको पश्चिमी समानामा पर्ने कमला नदिको बगरमा तरकारी र तरबुजा खेती गर्न सिरहा नगरपालिका–१७ पटेर्वाका किसानहरु उत्साहित भएकाछन् । खेती योग्य जग्गा बाढिसँगै आएको बालुवाले पूर्दा प्रपोगविहिन भई उजाड देखिएको थियो ।
तर, पटेर्वाका किसानहरुले तरकारी र तरबुजा खेती गर्न थालेपछि हराभरा देख्न सकिन्छ । तरकारी खेतीको सिजनमा यतिखेर पटेर्वाका किसानहरु अधिकांश समय कमलाकै बगरमा बिताउने गरेका छन् । कोही काँक्रा टिपिरहेका हुन्छन् त कोही गोडमेल गर्दै ।
‘धेरै वर्ष पहिला देखि यसरी कमलाको बगरमा तरकारी खेती गर्दै आएको छु । पहिला उत्पादन सम्बन्धि तालिम लिएको थिएन्, सिनपा–१७ पटेर्वाकी रेखा यादव भन्छिन्,‘ खेती गर्ने सम्बन्धि तालिम लिएपछि पहिलाभन्दा उब्जीमा बृद्धि भएको छ । मेहनत गरेपछि राम्रो आम्दानी हुने गरेका छन् । मजदुर आउन नसक्दा आफ्नै घरमा सदस्यहरु विहान र बेलुका काम गर्दै आएको छु ।
गएको १८ वर्ष देखि कमला बगरमा खेती गर्दै आएको रामपुजन गोइतले भने, ‘तालिममा भएको सिकाई विधिले खेती गर्दा कम लगानी र थोरै परिश्रमले राम्रो उत्पादन हुने गर्दछ । लगानी खर्च कटाएर एक सिजनमा लाख रुपैयाँ आम्दानी हुने गरेको उनले जनाए ।
कमलाको बालुवाले पुरेका बाँझो रहेको प्रयोगविहिन जग्गालाई उत्सन्न गरेर तरकारी खेती गर्दै आएको राजकुमार महतोले बताए । सबै किसानको तथ्यांक तयार पार्ने हो भने पटेर्वामा मात्र सय विघा भन्दा बढि कमलाको बगरमा तरकारी खेती गरेको पाउने उनले जनाए । 
‘बजारसम्म पहुँचमा कठिनाई छ । हामी त्यति पढेका छैनौं हिसाव आउदैन । हामी उत्पादन गर्ने मात्र हो, उनी थप्छन्,‘ दश दिनको फरकमा एक ट्रक तरकारी तथा तरबुजा उत्पादन हुने गरेका छन् । बजारसम्म राम्रो पहुँच नहुँदा स्थानीय बजारहरु सस्तैमा बेच्नु परेको छ । बजारसम्म पहुँच पु¥याउन सहजीकरण गरिदिन सम्बन्धित निकायसँग उनले आग्रह गरे ।
नेपाल रेडक्रस सोसाइटी शाखा सिरहाले प्रोत्साहन गर्दै बीउ विजन, उत्पादन सम्बन्धि तालिम तथा अन्य व्यवस्थापकिय मिलाउन रचनात्मक सहयोग गर्दै आएको अमिरकला कुमारी यादवले बताइन् । तालिम पाएपछि परिश्रममा सहज र उत्पादनमा बृद्धि भएको उनले थपिन् ।
गरिबी निवारण कार्यक्रम अन्तर्गत सामुदायकै सक्रियतामा सामुदायिक संस्था गठन गरेर उनीहरुको रोजाई अनुसारका आयआर्जनका काममा आर्थिक तथा रचनात्मक सहयोग गरिएको नेपाल रेडक्रस सोसाइटी शाखा सिरहा गरिवी निवारण कार्यक्रममा संयोजक राधा श्रेष्ठले बताए ।
पटेर्वाका किसानहरुको सक्रियतालाई ध्यानमा राखेर अझ सहयोग गर्न प्रक्रिया मिलाउन प्रयास थालेको उनले जनाए । उनका अनुसार कार्यक्रम केही अवधिका लागि भएकोले परियोजना अवधिमा भएको तालिम तथा गोष्ठीमा उठेका र त्यसबाट सिकेका सिपलाई व्यवहारमा प्रयोग गर्नुपर्ने हुन्छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »