डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत

प्रकाशित समय 9:01:00 PM
काठमाडौं, २८ चैत्र । गृहमन्त्रालयले डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापाले उनको राजीनामा स्वीकृत गरेका हुन् । गृह मन्त्रालयका अनुसार डिआइजी खरेलले घरायसी कारणले राजीनामा दिएका हुन् ।
गृहमन्त्रालयले उनको राजीनामा स्वीकृत भएको प्रहरी प्रधान कार्यालयलाई जानकारी गराएको छ । मंगलबार डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेलगत्तै डिआइजी रमेश खरेलले बुधबार राजीनामा पत्र बुझाएका थिए । आजै गृहमन्त्रालयले उनको राजीनामा स्वीकृत गरेको हो । खरेल २०४५ सालमा भलिबल खेलाडीको रूपमा नेपाल प्रहरीमा भर्ना भएका थिए । खरेल नवनियुक्त आइजी सर्वेन्द्र खनाल र डिआइजी पुष्कर कार्कीसँगै २०४६ साल माघ २९ गते सगै निरीक्षकको परीक्षा उत्तिर्ण गरी प्रहरी निरिक्षक भएका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »