तीनवर्षे योजना सम्पन्न सडक निर्माण भएपछि कृष्णपुरबासी दंग

प्रकाशित समय 9:58:00 PM
कमलेश यादब
सिरहा, १३ वैशाख । नेपाल रेडक्रस सोसाइटी शाखा सिरहाले अर्नमा गाउँपालिका–५ कवीर मन्दिर देखि  बलुवासम्मको सडकमा ग्रावेल गर्ने योजना सम्पन्न गरेको छ । माटो पूर्ने देखि ग्रावेल गर्नेसम्म तीन वर्षमा सडक निर्माण कार्य सम्पन्न गरिएका छन् ।
पहिलो वर्ष ५ लाख ७६ हजार ४ सय ६ को माटो पुर्ने र स्मयाउने, दोश्रो वर्ष ३ लाख ४५ हजार ८ सय ४४ को ग्रावेल, तेश्रो वर्ष २ लाख ३० हजार ५ सय ६२ को ग्रावेल गरी ११ लाख ५२ हजार ८ सय १२ रुपैयाँ योजना सम्पन्न गर्न कुल खर्च भएको नेपाल रेडक्रस सोसाइटी शाखा सिरहा गरिवी निवारण कार्यक्रमका कार्यक्रस संयोजक राधा श्रेष्ठले बताए । 
लागत खर्चमा ३ लाख ७९ हजार २ सय ७१ रुपैयाँ समुदाय र ७ लाख ७३ हजार ५ सय ४१ रुपैयाँ गरिबी निवारण कोषले लगानी गरेको उनले बताए । २०७१ साल देखि थालिएको सडक निर्माण कार्य तीन वर्षमा सम्पन्न गरिएको उनको भनाई छ । वर्षातको पानी निकासका लागि दुईवटा कल्र्भट पनि बनाइएको उनले थपे । आर्थिक व्यवस्थापन गर्न निर्माण समितिको नाउँमा बैंक खाला खोलेर एकमुष्ट रकम जम्मा गरि सडकमा ग्रावेल गर्ने कार्य सुरु गरिएको निर्माण समितिका कोषाध्यक्ष गुद्रि मण्डलले बताए । आवश्यकता अनुसार रकम निकासा गरेर मजदुर तथा ग्रावेल ल्याउनेलाई दिँदै त्यसको पारदर्शीता गर्दै योजना सम्पन्न गरेको उनले भने । 
कामसँगै कागजी प्रक्रियालाई दुरुस्त पारेको निर्माण समितिका सचिव रमकुमारी मण्डलले बताइन् । ‘सार्वजनिक निर्माण कार्यमा समितिमै बसेर खासै काम नगरेको हुँदा त्यति अनुभव थिएन, उनले भनिन्,‘ यो पल्ट समितिमा बसेर धेरै कुरा सिक्न पाए । म्याइनुट लेख्ने देखि विकासमा पैरवी गर्नेसम्मको सिकाई भयो । अधिक समय घरायसी काममै बिताउने गरेको हुँदा बाहिरी कुरा धेरै सिक्न नपाइने गरेको उनको भनाई छ । उनका अनुसार यो पल्टको सिकाईले धेरै खुशी लागेको छ । काम गराउन सिकाई भएको भएको उनले थपिन् ।
सडक निर्माणले दशकौंको सपना पुरा गरेको स्थानीय महेशश्वर यादवले,‘यो सडक धेरै चल्तीको थियो । जीर्ण भएर आवत आवत गर्न समस्या हुन थाल्यो । मर्मत तथा जीर्णेद्वार गर्ने प्रयास कैऔं पटक गरेपनि सफल हुन सकिरहेको थिएन् । गरिबी निवारण कार्यक्रमले सपनालाई सकार पारेको उनले जनाए ।
वर्षातको महिनामा पैदल हिड्न समस्या हुन्थ्यो । आली भएर जानुपथ्र्यो, स्थानीय ललिता मण्डल भन्छिन्,‘ माटोसँगै ग्रावेल गरिदा बलुवा पुग्न सहज भएको छ । जस्तोसुक्कै वर्षा भएपनि सजिलै आवत आवत गर्न सकिने भएको छ । सडक निर्माणले किसान तथा विद्यार्थीलाई निकै फाइदा भएको उनले दाबी गरिन् । धार्मिक दृष्टिले यो सडक उपयुक्त रहेको नवकाटोलका भोला यादवले भने,‘यही सडक भएर बलुवाटोलका हजारौं व्यक्ति दशैंमा दुर्गा मन्दिर र साउनमा शिव मन्दिर अन्य समयमा कवीर मन्दिर जाने गरेका छन् । वर्षातमा हिलोले यहाँका ग्रामिणबासीले हुँदै आएको समस्या यो सडकमा ग्रावेल भइसकेको हुँदा सहज भएको उनले थपे ।
संस्था र समुदायको सहकार्यमा माटो पुर्ने देखि ग्रावेल गरिएको कार्य राम्रो भएको अर्नमा गाउँपालिका–५ कृष्णपुरका वडाध्यक्ष भोला मण्डलले भने,‘ग्रामिण विकासलाई स्तरीयता प्रदान गर्दै शहर उन्मुख बनाउन हाम्रो योजना नै रहेको छ । आउने दिनमा किसानमुखी सडकलाई आरसीसी गराउने प्रयास गर्नेछु । खुद्रे योजनामा बजेट मात्र सक्ने भएको हुँदा त्यसलाई विस्तारै न्यून गर्दै ठोस योजना बनाउन समुदाय माझ पहल गरेर सबैसँग सहमति लिँदै ठोस योजना बनाएर कार्यान्वयन गराउने उनले दाबी गरेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »