विमानस्थलबाटै तोला र केजी मात्र होइन टनका टन सुन तस्करी भइरहेको छः गृहमन्त्री थापा

प्रकाशित समय 8:44:00 PM
डिल्ली पाण्डे
काठमाडौं, १९ चैत्र । गृहमन्त्री रामबहादुर थापाले देशमा गुन्डागर्दी, लागूऔषधीको कारोबार, तस्करी, बढ्दै गएको बताएका छन् ।
सोमबार गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै गृहमन्त्री थापाले खुल्ला सीमाको कारण देशभित्र अर्बौ रूपैयाँ बराबरको तस्करी भएको दाबी गरे । ‘यहाँ खुल्ला सीमानाबाट मात्र होइन विमानस्थलबाट नै तोला र केजी मात्र होइन टनका टन सुन तस्करी भइरहेको छ, गृहमन्त्री थापाले भने, ‘नेपाल विश्वका अपराधिहरु लुक्ने सेल्टर समेत भइरहेको छ ।
नेपाल तस्करहरुको बसोबास गर्ने सेल्टर भएको बताउँदै थापाले भने, ‘नेपालमा त हिन्दी फिल्म शोलेका बाउका पनि बाउ पो रहेछन् । देशको सीमा क्षेत्रको सुरक्षा र निगरानीको लागि ड्रोन प्रयोग गर्ने उनले बताए । खुल्ला सीमाको कारण देशभित्र तस्करी र अपराधि आउने क्रम बढेकाले निगरानीको लागि ड्रोन प्रयोगमा ल्याउन लागेको गृह मन्त्री रामबहादुर थापाले जानकारी दिए । ‘प्रविधिको प्रयोग गर्दै सीमामा अब ड्रोनको प्रयोग गर्ने छौं, मन्त्री थापाले भने । यसैबीच गृहमन्त्री रामबहादुर थापाले सबै क्षेत्रमा रहेका सिन्डिकेटको अन्त्य गर्ने दाबी गरेका छन् ।
सोमबार गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै गृहमन्त्री थापाले देशमा हुने गरेका सिन्डिकेट जनता र नागरिक समाजसँग मिलेर तोड्ने बताए । ‘अघिल्ला सरकारले पनि सिन्डिकेट तोड्न नखोजेको हैन, तर सम्भव भएको थिएन, हामी अब यसलाई अन्त्य गर्नेनैछौ, गृहमन्त्री थापाले दाबी गरे ।
उनले केहीदिनदेखि अरनिको राजमार्गमा देखिएको सिन्डिकेट अन्त्य गर्नेसमेत बताए । ‘केही दिनदेखि अरनिको राजमार्गमा यातायात व्यवसायीको सिन्डिकेट चर्चामा रहेको छ । अब सिन्डिकेट गर्नेलाई सरकारले तोड्छ, सिन्डिकेट तोड्नु भनेको भष्ट्र, तस्कर र माफियाको जालो तोड्नु हो, मन्त्री थापाले भने ।
गृहमन्त्री थापाले देशमा भित्रको एकता, सहिंष्णुता, सद्भाभव तोड्न जातीय, धार्मिक, भौगोलिक र सिके राउत जस्ताको नाममा अस्थिरता पैदा गर्ने काम भइरहेको दाबी गरेका छन् । ‘सिके राउत वा स्वतन्त्र मधेसको नाममा गलत प्रचारबाजी भइरहेको छ, मन्त्री थापाले भने, ‘देशभित्र अस्थिरता फैलाउने तत्त्वको पहिचान गरी त्यसलाई निरूत्साहित बनाउन गृहले रणनीतिसमेत तयार पारिसेकको छ । देशमा गुन्डागर्दी, लागूऔषधी को कारोबार, तस्करी, बढ्दै गएको मन्त्री थापाले बताए । खुल्ला सीमाको कारण देशभित्र अर्बौ रूपैयाँ बराबरको तस्करी भएको उनले दाबी गरे । यसैबीच गृहमन्त्री थापाले ८२ बुँदे गृह सुधार कार्ययोजना सार्वजनिक गरेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »