गोलबजारमा पक्कि नाला शिल्यान्यास

प्रकाशित समय 1:30:00 AM
कमलेश यादब
गोलबजार, १६ वैशाख । गोलबजार नगरपालीकाका प्रमुख देवनाथ साहले शुक्रवार ६ नम्वर वडाको एक हजार मिटर लामो पक्कि नालाको शिल्यान्यास गरेको छ । बजारको दुवैतर्फ नाला निर्माण भएपछि सडकमै पानी जम्ने सस्या सामाधानहुने नगरप्रमुख देवनाथ साहले बताए । साहले बजारको विस्तारसँगै विकास निर्माणको कामपनि अगाडीबढ्ने बताउँदै प्राथमिकताका आधारमा विकास निर्माणका कामहरुलाई पनि अगाडी बढाउँदै जाने बताए ।
नगरपालीकोको मुख्य बजारक्षेत्रको उत्तरतर्फबाँकी रहेको दुवै तर्फको ५÷५ सय मिटर लामो पक्कि नाला निर्माण उपभोक्ता समितिले महिना दिनभित्र कार्यसम्पन्न गर्ने लक्ष्य लिएको पूवि नाला उपभोक्ता समितिका अध्यक्ष विजय साहले जनाए ।
गोलबजार नगरपालीकाको ६५ लाखको लागतमा निर्माणकार्य सुरु भएको समितिले जनाएको छ । सडकको दुवै पेटिमा पक्कि नाला निर्माणको लागि दुईवटा छुट्टाछुट्टै समिति निर्माया गरिएको छ । पश्चिम किनारको अध्यक्ष प्रतिप भण्डारी र पूर्वी किनारका अध्यक्ष विजय साह रहेका छन् । दुवैजना अध्याक्षहरुले समयमै काम सक्नेगरी कासम्पन्न गर्ने जनाए ।
शिल्यान्यास कार्यक्रममा गोलबजार नगरपालीका वडा नं. ६ का अध्यक्ष बसन्त लामा र कार्यपालीका सदस्य उमेश बरालको पनि उपस्थिति रहेको थियो  ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »