पूर्णसरसफाई उन्मुख टोल घोषणा व्यवहार परिवर्तनको अभियानमा आफ्नो पूर्ण सहयोग रह्ने ः डा.सुभाषचन्द्र

प्रकाशित समय 8:54:00 PM
कमलेश यादब
सिरहा, २५ चैत्र । सातौं पूर्ण सरसफाई उन्मुख टोल घोषणा सभामा बोल्दै चन्द्रनारायण यादव मेमोरियल ट्रष्टका डा. सुभाषचन्द्र यादवले व्यवहार परिवर्तनको महाअभियानमा आफ्नो पूर्ण सहयोग रह्ने बताएका छन् । 
सिरहा नगरपालिका–१५ स्थित सुखचैनाका पूर्णसरसफाई उन्मुख टोल घोषणा कार्यक्रममा बोल्दै उनले खुल्ला दिशामुक्त जिल्ला घोषणा भएको अवस्थामा चर्पी जाने बानीको विकास गर्दै सिरहा जिल्लालाई पूर्णसरसफाई जिल्ला घोषणा गराउने लक्ष्यका साथ अगाडि बढ्नुपर्ने बताए ।
सिरहा जिल्लालाई पूर्ण सरसफाई घोषणा गराउन आफु सक्दो सहयोग र साथ दिन तयार रहेको प्रष्ट पार्दै उनले भने,‘ विकासको मुल आधार नै पूर्ण सरसफाई हो । यसले मानवको धेरै कुरा केन्द्रित गरेका छन् । पूर्ण सरसफाई जिल्ला घोषणा भयो र व्यक्तिको फोहोर व्यवस्थापनमा बानीको विकास भयो भने धेरै प्रतिशत रोग आफै निको भएर जाने उनको दाबी छ ।
पूर्णसरसफाई जिल्ला घोषणा कुनै एक व्यक्ति वा संस्थाले चाहेर पनि हुन नसक्ने बताउदै उनले भने, ‘पूर्णसरसफाई जिल्ला बनाउन सबैले आ–आफ्नो स्थानबाट काम गर्नुपर्ने हुन्छ । यो सबैको साझा महाअभियान हो । मेरो आग्रह पनि यही छ कि जिल्लाबासी यस महा अभियान मा सहयोगकारी भुमिका खेल्नुस ।
प्रदेशकै पहिलो जिल्लाको रुपमा खुल्ला दिशामुक्त घोषणा हुन सफल भएका सिरहा जिल्ला पूर्णसरसफाई उन्मुख जिल्ला घोषणा गराउन पूर्णसरसफाई उन्मुख टोल घोषणा गर्ने कार्यलाई नेपाल रेडक्रस सोसाइटीले तिब्रता दिएको सभापति राजदेव यादवले बताए ।
सरसफाई अभियानमा जिल्ला मा कार्यरत सबै संस्थाहरुलाई पछाड्दै नेरेसो जिल्लाको आधा दर्जन भन्दा बढी टोललाई पूर्णसरसफाई उन्मुख टोल घोषणा गरेका छन् । उनले पूर्णसरसफाई टोल घोषणा गराउन रेडक्रसले लिएको अग्रतालाई सिको गर्दै अरु संस्थाले पूर्णसरसफाईको महाअभियानमा लाग्नुपर्ने बताए । आग्रह गर्दै उनले भने, ‘पूर्णसरसफाई जिल्ला घोषणा गराउनु भनेको जिल्लाबासीको इज्जत बढ्नु हो त्यसलाई यस अभियमानमा लाग्न ढिलाई गर्नुहुँदैन् । हामी सबैको साथ लिएर यस अभियमानमा अगाडि बढ्न तयार छु ।
सिरहा जिल्ला पूर्णसरसफाई घोषणाको लागि आफु सक्रिय रुपले काम गर्ने सिरहा नगरपालिका–२० लगडि गदियानीका वडाध्यक्ष रामचन्द्र यादवले बताए । आउदो केही महिनाभित्र आफ्नो वडालाई पूर्णसरसफाई घोषणा गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । सरसफाई व्यक्तिको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएको हुँदा यसमा सबैले ध्यान दिनुपर्ने उनको भनाई छ ।  टोलमा मात्र सिमित्त नभई वडा हुँदै सिरहा जिल्लालाई पूर्ण सरसफाई जिल्ला घोषणा गराउन आफ्नो पूर्ण सक्रियता रह्ने सिनपा–१५ सुखचैनाका वडाध्यक्ष धनिकलाल यादवले बताए । उनले बनेका सार्वजनिक शौचालयलाई प्रयोगमा ल्याउन र आवश्यक अनुसार अरु ठाउँमा सार्वजनिक शौचालय बनाउने प्रतिबद्धता व्यक्त गरे ।
शौचालय बनाउनु निकायको काम हो भने त्यसको प्रयोग र उचित सरसफाई गर्ने जिम्मेवारी सामुदाय तथा प्रत्यक्ष रुपमा प्रयोग गर्ने व्यक्तिहरुको पनि रहेको उनले बताएका छन् । सार्वजनिक शौचालय सबैको साझा भएको हुँदा त्यसको संरक्षण गर्ने दायित्व पनि सबैको साझा रहेको उनले तर्फ गरे । सखुवान्नकारकट्टि गाउँ पालिका ३, औरही गाउँपालिका १, अर्नमा गाउँपालिका १, लहान नगरपालिका १ र सिरहा नगरपालिका–१५ सुखचैना १ गरी ७ वटा टोललाई पूर्णसरसफाई उन्मुख टोल रेडक्रसले घोषणा गरेको कार्यक्रम अधिकृत रुपेश यादवले बताए ।
एसएनभी नेपालको सहयोगमा संचालित सबैको लागि दिगो सरसफाई र स्वच्छता कार्यक्रम अन्तर्गत सरसफाईको पहिलो चरण अन्तर्गत सरसफाई उन्मुख घोषणा टोल अन्तर्गत नियमित रुपमा चर्पीको प्रयोग, साबुन पानीको प्रयोगले हातधुने निश्चित ठाउँको किटान, सुद्ध पिउने पानीको प्रयोग गर्ने बानीको विकास, सफा घर आँगन र घरबाट निस्कने फोहोरको उचित व्यवस्थापन गर्ने बानीको विकास लगायतका सुचकलाई पहिलो चरणमा केन्द्रित गरेर टोल पूर्णसरसफाई उन्मुख घोषणा गरिएको उनले जनाए । 

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »