प्रशासकिय अधिकृत अख्तियारमा परेपछि कल्याणपुर नगरपालीकाको कामकाज ठप्प

प्रकाशित समय 9:04:00 PM
राम नारायण पंडित
सिरहा, १४ वैशाख । विकास निर्माणको काम सुरुहुने वेलामा कल्याणपुर नगरपालीकाका प्रशासकिय प्रमुख र लेखापाल अख्तियार लागेरपछि कल्याण नगरपालीको सम्पूर्ण गतिविधि नै अवरुद्ध भएको नगर प्रमुख सूर्यनारायण मण्डलले बताएको छ ।
कार्यालयको आर्थिक जिम्मेवारीमा रहेका मुख्य व्यक्तिहरुनै नभएपछि जनताको कामगर्न समस्या भएको मण्डलले बताए । सँगैका सवै नगरपालीका तथा गाउँपालीकाहरुले धमाधम विकास निर्माण लगाएत परिषदले पासगरेको काम गरिरेको छ, नगरप्रमुख मण्डलले भने, ‘हाम्रो भने कर्मचारी नभएकै कारण कुनै  विकास निर्माणको काममात्र हैन कर्मचारीको तलवसमेत खुवाउन सकिएको छैन ।
गत चैत ४ गते लेखापाल जयराम चौधरी लाई २० हजार घुससहित पक्राउ परेपछि अवरुद्ध भएको कुनै आर्थिक गतिविधि हुन नसकेको नगरप्रमुख मण्डलले सुनाए । उनलेभने, ‘नगर परिषद सकिएपछि सवै वडाहरुले आफ्नो याजनाअनुसार उपभोक्त समिति बनाएर काम सुरुगर्नेवेलामा लेखापाल समातिय, त्यसैमा प्रशासकिय अधिकृतपनि मुछिएपछि सवैकाम ठप्प भएको छ ।
शिक्षक, कर्मचारीको दलव, सामाजिक सुरक्षा भत्ता समेत वितरण गर्न नसक्दा अव आफैलाई ग्लानी हुन थालेको नगरप्रमुख मण्डलले गुनासो गरे । ‘यस्तै अवस्था रहिरहे अव हामी जनप्रतिनधी कार्यालय आउन पनि समस्या हुन्छ प्रमुख मण्डलले भने ।
उनले कर्मचारी अभावका कामकाज गर्न समस्या भएको प्रदेश प्रमुख मो. लालबाबु राउत समक्ष पनि मौखिक जानकारी गराएको सुनाए । उनलेभने, ‘हामीले प्रदेश प्रमुखलाई भनिसकेकाछौं, अव संघिय सरकारलाई पनि जानकारी गराएर कर्मचारी पठाउन अनुरोध गछौं, चाँडै कर्मचारी नपठाए कार्यालय नजाने मनस्थितिमा पुगीसकेकाछौं ।
नगरकै वडानम्वर ६ का वडा अध्यक्ष मो. मोतिवुल रायनले वडामा हामीले नगरपरिषदले पासगरेको योजनाको उपभोक्ता समितिहरु गठन गरेपनि काम कसरी गर्नेभन्ने अन्यौल छाएको बताए । उनलेभने, ‘प्रशासकिय प्रमुख बासुदेव कुमार यादव दुई दिन अघिआएर अख्तियारको तारेख छ, म काठमाडौं नै वस्नु पर्ने भएकाले कार्यालयमा आउन नसक्ने भनेपछि झन अन्यौल छाएको छ ।
गत चैत ४ गते लेखापाल जयराम चौधरी लाई २० हजार घुससहित पक्राउ परेपछि  सोही मुद्दामा प्रशासकिय अधिकृत बासुदेव कुमार पनि अख्तियारमा तानिएको जनाएको छ । लेखापाल चौधरीले कार्यालयको सामान मर्मतलगायतका बिल भुक्तानी गरिदिए बापत सोही नगर पालिकाका वडा सचिवसँग २० हजार घुस लिएको जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »