आरसीसी ढलानको शिल्यानाश वडाको सबै सडकमा आरसीसी ःवडाध्यक्ष यादव

प्रकाशित समय 8:57:00 PM
सिरहा, २५ चैत्र । सिरहा नगरपालिका–८महिसोथामा आरसीसी ढलानको शिल्यानाश भएको छ । छोटकन बरहीको घर देखि जीवछ रानको घरसम्म आरसीसी हुने कार्यको शिल्यानाश गरिएको हो । 
१५ लाख ५० हजारको लागतमा २ सय मिटर लामो सडकमा १३ फिट चौडाईमा आठ इन्च ढलान गरिने वडा कार्यालयले जनाएको छ । ढलान सुरु भएपछि बस्तीका सबै खुशी देखिएको थियो ।  वडाभरीका सबै सडकलाई विस्तारै आरसीसी ढलान गरिने वडाध्यक्ष नागे यादवले बताए । उनले घनाबस्ती रहेको हुँदा ग्रावेल भएको सडक धेरै दिनसम्म राम्रो रहनै सक्दैन त्यसैले आरसीसी गर्ने सोच बनाएको तर्क गरे । पहिलो वर्षमै महिसोथाका तीनवटा सडकलाई वडा कार्यालयको बजेटबाट आरसीसी गर्ने कार्यलाई अगाडि बढाइसकेको उनले थपे । उनका अनुसार केही काम सम्पन्न पनि भइसकेका छन् । 
उपभोक्ता समितिका अध्यक्ष महावीर ठाकुरका अनुसार बर्षातको महिनामा हिलोले आवत–आवत गर्न निकै मुस्किल पर्ने गरेको थियो । गाई, भैंसी हिड्ने भएको हुँदा वर्षातको महिनामा पैदल हिड्न त झनै समस्या हुने गरेको उनले विगत सम्झदै बताए । बस्तीबासी को समस्या लाई ध्यानमा राखेर स्तरीय काम गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »