दलित आन्दोलन आवश्यक ः प्रदेश सभा सदस्य विश्वकर्मा

प्रकाशित समय 7:51:00 PM
गोलबजार, २४ चैत्र । २ नं. प्रदेशका प्रदेशसभा सदस्य सुन्दर विश्वकर्माले दलित समुदायको पक्षमा संविधानले व्यवस्था गरेको विषयमा अवको लडाई सुरुगर्नु पर्ने बताएको छ । नेपाल राष्ट्रि विश्वकर्मा समाज सिरहाको तेश्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै दलित समुदायको पक्षमा संविधानले धेरैविषयलाई समेटिएको भन्दै त्यसको कार्यान्वयको लागि दलितहरुले अव आवाज उठाउनु पर्नेवेला भएको जनाए ।
प्रदेश सदस्य विश्वकर्माले संविधानले धेरै विषष्यको व्यवस्था गरेको भएपनि सत्तामा दलित समूदायको पहुँच कम भएकोले कार्यान्वयनमा समस्या रहेकोले कार्यान्वयका लागि विश्वकर्मा मात्र नभएर सम्पूण दलित समूदायनै एक हुनु पर्ने बताए ।
अवको दिनमा अधिकारको आन्दोलनसँगै संविधनले प्रदत अधिकार कर्यान्वयको लगि पनि लड्नै पर्ने वेला आएको बताए । लड्ने नाममा हतियार उठाउनु जरुरी नरहेको समेत उनले जिकिर गरे । उनले हामीले १० वर्षको युद्ध पनि वेहोरी सकेका छौं, फेरी नेपाली समाज युद्ध वेहोर्ने पक्षमा नरहेको जनाए ।
सो अवसरमा विश्वकर्मा समुदायको तर्फबाट जिल्लामा निर्वाचित स्थानीय प्रतिनीधि तथा सरकारी सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको थियो । सम्मेलनको अवसरमा नेपाल राष्ट्रिय विश्वकर्मा समाज सिरहाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा २५ जनाले रक्तदान गरेको आयोजनकले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »