नून र अन्न नखाएर पनि निरोगी र सक्रिय जीवनाथ

प्रकाशित समय 1:13:00 AM
तीर्थ भट्टराई
मोरङ, २० चैत्र । एउटा व्यक्ति नून र अन्न नखाइकन कति दिन बाँच्न सक्ला ? हामी प्रायजसोलाई त एक दिन पनि अन्न र नून नखाइ दिन कटाउन गाह्रो हुन्छ ।
तर सुन्दर हरैँचा नगरपालिका–७, गोठगाउँ निवासी जीवनाथ भट्टराईले अन्न र नून नखाइकनै सात दशक कटाएको मात्र छैन हाल त उनले २०६८ देखि त खाँदै आएको कन्दमूलसमेत त्याग गरेको छ ।
हाल ८२ वर्षमा हिँडिरहनुभएका भट्टराई के अन्न र नून बिना रहन र काम गर्न सक्नुहुन्छ त ? भने स्वाभाविक प्रश्नमा उनको उत्तर यस्तो छ–काम गर्नमा युवाहरूले भेट्दैनन् ।
मानिसमा भगवान्को भक्ति भावना र अठोट भयो भने यो सम्भव छ भने कुरा उनले प्रमाणित गरेको छ । सात वर्षकै उमेरमा उनले नून र अन्न खान छोडेको रहेछ र आलु, तरुल, सख्खरखण्डजस्ता कन्दमूल खानु हुँदोरहेछ । यस्तै, खाएर नै उनले ७५ वर्ष व्यतीत गरिकिएको रहेछ । यस्तो आहाराको भरमा पनि भट्टराई सामाजिक क्षेत्रमा सक्रिय रहे भने छरछिमेक मात्र होइन टाढाटाढाका आगन्तुकलाई पनि धामीका रुपमा उपचार गरी निको पार्दै आएको छ ।
भोजपुरको भुल्केमा १९९३ असोज ११ मा जन्मेका उनी त्यस बेला विद्यालय नभएकाले विद्यालय शिक्षा प्राप्त गर्न सकिएन भने घरमै अक्षर चिनी भागवत, रामायण, गीता आदि पढ्न सक्ने भयो ।
युवावस्थामा एकपटक झापामा एकजना गुरुको भान्से बसेर काम गरेकोबाहेक अन्यत्र गई काम गरेन भने आफ्नै खेती किसानी तथा धार्मिक गतिविधिमा संलग्न भयो । उनी यही क्रममा पहाड छोडेपछि सुनसरीको कालापानी (चक्रघटृी), रामधुनीको मानपुर, पकली, इटहरी बसाइँ सर्दै हाल गोठगाउँमा एउटा भगवतीको मन्दिर खडा गरी त्यहीँ श्रीमतीसहित बसेको छ ।
चार भाइ छोरा र एक बहिनी छोरीका पिता उनीका छोराछोरी सबै छुट्टिएका र छोरीको विवाह भइसकेको छ । उनको धार्मिक लगाव र व्रत ध्यानका कामले सगोलमा बस्न सहज नभएको उनीका साहिँला छोरा समाजसेवी शिव भट्टराई बताएको । छोरा कृष्ण र हरि छुटिृएको छ भने कान्छा श्यामवावुको केही वर्ष अगाडि निधन भएपछि भने वृद्व जीवनाथ शोकमा परेको छ ।
बयासी वर्षे वृद्ध जीवनाथ पूर्णरुपमा स्वस्थ हुन र अहिले पनि घरका सामान्य काम आफैँ गर्ने, खेतबारीमा खन्ने, एउटा गाई पालेर त्यसको स्याहार गर्ने, घाँस काट्ने आदि गर्छ । उनको खान्की भने केवल दिनभरमा तीनवटा स्याउ रहेको छ । उनी त्यसलाई उसिनेर हलुवाजस्तो बनाएर अलिअलि खाने गर्छ ।
उनी चिया खानु हुन्न, खाएमा घरकै तुलसीको धुलोको चिया मात्र, दूध खाएमा घरमै पालेको कैली गाईको दूध मात्र खानेगर्नु हुन्छ । कामधेनु गाई भन्नु नै कैली गाई हो त्यसको दुधमा शक्ति हुन्छ भन्छ , जीवनाथ ।
एकपटक सामान्य चोटपटक लागेर विराटनगर अस्पताल लगिएकोमा डाक्टरले उनी पूर्ण स्वस्थ भएको, कुनै रोग नभएको, बरु अलिकति केही खाइदिए राम्रो हुने भने सुझाव मात्र दिएको छोरा शिव बताएको ।
उनी केही नखाइ पनि बाँच्ने अभ्यास गर्छ । केही नखाइ कसरी यस्तो शक्ति प्राप्त हुन्छ र निरोगी भइन्छ त भने जिज्ञासामा जीवनाथ भन्छ, “आफ्ना बुबा भवानीप्रसाद भट्टराई पनि यस्तै ध्यानी भएकाले आफूले पनि आत्मज्ञानबाटै नून, अन्न छोडी भगवान्को ध्यान र व्रत गरेकाले नै शक्ति प्राप्त भएको हो । उनले घरमै भगवतीको मन्दिर स्थापना गर्नु भएको छ भने ‘बूढीबज्यू भनिने भगवतीको आस्था र पूजा गर्छ ।
उनी वैशाखे पूर्णिमा, ऋषि तर्पणी आदिमा २४ अ‍ै घण्टा नखाइ व्रत बस्छ भने नौरथामा पनि पञ्चमीदेखि सप्तमीसम्म केही नखाइ व्रत बस्छ । उनले चिनी पनि त्यागेको छ ।
जीवनाथ आफ्नो व्रत र ध्यानले नै स्वस्थ र सक्रियय रहन सफल भएको इटहरी–४ का मच्छिन्द्रबहादुर बस्नेत र भरत खतिवडा बताएको ।
उनी गाईको मोही भने खानु हुन्छ । बुहारी भावना नेपालका अनुसार आमा सावित्रादेवी पनि निरोगी हुन र सामान्य खाना खानु हुन्छ तर उनले पनि नून तेल छोड्यो र अलिनो खान्छ, घरबाहिरको घिउ पनि चलाउनुहुन्न ।
जीवनाथले आफ्नो शक्तिबाट धेरैलाई रोगमुक्त पार्छ भने उनीबाट आरोग्य प्राप्त गर्न झापा, सुनसरीलगायत विभिन्न जिल्ला का साथै काठमाडाँै तथा भारतको आसाम, सिक्किमबाट समेत मानिसहरू आउँछन् र सन्तुष्ट भएर जान्छन् । उनले यही शक्ति र सक्रियताबाट नै विभिन्न संघसंस्थामा रही कार्य गरेको छ भने भट्टराई कूल विकास प्रतिष्ठानका संस्थापक अध्यक्षका रुपमा समेत कार्य गरी गोठगाउँमा देवली गराउन महत्वपूर्ण भूमिका पनि खेलेको थियो ।
यसरी भगवान्को भक्ति र व्रतको शक्तिबाट वृद्धावस्थामा पनि निरोगी र सक्रिय रही समाजमा योगदान गर्न सकिन्छ भने कुरा वृद्ध ध्यानी जीवनाथले प्रमाणित गरेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »