स्थानीय तहको विवाद सुल्झाउन जुटे हरुवाचरुवा अगुवा

प्रकाशित समय 2:24:00 AM
रामबाबु यादब
सिरहा, ११ जेष्ठ । विभिन्न विषयमा चुलिएको लक्ष्मीपुर पतारीको गाउँपालिका अध्यक्ष तथा वडा अध्यक्षबीचको विवाद सुल्झाउन हरुवाचरुवा अगुवा आफैं जुटेका छन् ।
गाउँपालिका अध्यक्ष रामबल्लभ साह तथा वडा नं. ४ का अध्यक्ष विद्यानन्द साह सुँडीबीच गाउँपालिकाको नामाकरण, विकास बजेट र अधिकारको विषयलाई लिएर केही महिनादेखि विवाद बढेको छ । विवादका कारण कार्य पालिकाको बैठकबाहेक उनहरुबीच बोलचाल र एकै ठाउँमा उठबस समेत भएको छैन । विवाद बढ्दै अदालतसम्म पुगेपछि पटक पटक उनहरुको विवाद सुल्झाउन प्रयासमा रहेको राजनीतिक दलका नेताहरु असफल भएपछि गाउँकै हरुवाचरुवा अगुवाहरु विवाद सुल्झाउन जुटेका हुन् ।
स्थानीय तहका जनप्रतिनिधि हरुबीच समन्वय नहुँदा हरुवा चरुवाको आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतिक पक्षमा सुधार नहुने खतरा बढेको उनीहरुको महसुस छ । सबैभन्दा बढी हरुवाचरुवा परिवार रहेको सिरहाको लक्ष्मीपुर पतारीमा त्यहाँको गाउँपालिका अध्यक्ष र वडा अध्यक्षबीचको विवाद चुँलिदा थातथलो र बँधुवा मजदुरीको पीडा भोगिरहेका हरुवा चरुवाहरुको समस्या झन ओझेलमा पर्ने हुनाले आफूहरुको समस्या समाधान गर्न गाउँ पालिकाभित्रको विवादलाई थाँती राख्न उनीहरुले आग्रह गरेका छन् । उनीहरुले उठीबासको घटना तत्काल बन्द गरी आफूहरुको नाममा रहेको सम्पूर्ण ऋण खारेज गर्नुपर्ने, श्रम अनुसारको ज्याला निर्धारण गरी कार्यान्वयन गर्नुपर्ने, हरुवा चरुवाको मुक्तिको घोषणा गरी सुरक्षित बास र परिवार संख्याको आधारमा जग्गासहित पुनः स्थापित गराइनुपर्ने माग जन प्रतिनिधिसूग गर्दै आएका छन् ।
आइएलओको सर्वेक्षण अनुसार सिरहामा १८ हजार १ सय ६० हरुवाचरुवा परिवार छन् । त्यसमध्ये लक्ष्मीपुर पतारीमा मात्र चार सय हरुवाचरुवा घरपरिवार छन् । लक्ष्मीपुर पतारीमा बसोवास गर्ने हरुवाचरुवा परिवारको आफ्नै नामको थातथलो नहु“दा बसोवासको असुरक्षा छ भने कतिपयले गाउ“मा सर्जमिन मुचुल्कामा सही गर्ने मानिस समेत नपाउ“दा नागरिकताबाट बञ्चित हुनुपरेको छ । थातथलो तथा नागरिकताको अभावमा हरुवा चरुवा परिवारले न त ऋणै काढेर भए पनि वैदेशिक रोजगारमा जान पाउँछन् न त जग्गावालको जग्गा छोडेर अन्यत्र कतै बसाई सरेर जान सक्छन् । उनीहरुको एउटा मात्र विकल्प गिरहत (जग्गाबाला) ले अह्राएको काम गर्ने र उनीहरुले दिएको मजदुरीबाट गुजारा चलाउने रहेको छ ।
हरुवाचरुवाको उत्थानको लागि कार्यपालिकाभित्रको विवादलाई बहाना नबनाउन गाउँपालिका अध्यक्ष साह र वडा अध्यक्ष सुँडीसमक्ष हामीले प्रयास गरिरहेका छौं, हरुवाचरुवाको उत्थानको लागि कार्यरत सामुदायिक विकास मञ्चका अध्यक्ष विनोद चौधरीले भने, उनहरु दुवैले हामीलाई आश्वासन दिएको छ ।
यसपालि नभए पनि आउदो आर्थिक वर्षको बजेटमा हरुवाचरुवाको लागि विशेष कार्यक्रम गाउँपालिका स्तरबाट सञ्चालन गरिने छ, गाउँ पालिकाका अध्यक्ष रामबल्लभ साहले भने, यसपालि विवादको कारण हामी अल्मलियौ तर अब त्यस्तो हुँदैन । त्यसैगरी, वडा अध्यक्ष विद्यानन्द साह सुँडीले गिरहतको खेतबारीमा काम गर्ने र बस्तुभाउ चराएपछि पाइने न्यून मजदूरीले आफूसहित जहान बालबच्चालाई एक पेट खुवाउन समेत कष्ट झेलिरहेका बँधुवा मजदुर हरुवाचरुवाहरुका लागि लक्षित वर्गको बजेटबाट भए पनि सशक्तिकरणको कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »