करारका डाक्टरले थेग्दै सिरहा अस्पताल

प्रकाशित समय 1:03:00 AM
करोडको उपकरण राखे पनि चिकित्सक नहुँदा प्रसूति शल्यक्रिया सेवा सुरु भएन
शम्भु यादव
सिरहा, २ जेष्ठ । दरबन्दीअनुसार चिकित्सक नभएपछि सिरहा जिल्ला अस्पताल करार डाक्टरका भरमा चलिरहेको छ । अस्पताललाई ०७३ साल  चैतमा स्तरोन्नति गरी ५० शय्याको बनाइएको थियो तर चिकित्सक अभाव कायमै छ । शय्माअनुसार अस्पतालले सेवासुविधा दिन नसकेको सेवाग्राहीको गुनासो छ ।
५३ कर्मचारी दरबन्दी रहेको अस्पतालमा डाक्टर, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, अहेव, अनमीलगायत करारकै छन् ।  करारमै पनि चिकित्सक पूर्ति हुन नसक्दा उपचारमा कठिनाई भइरहेको जनाइएको छ । जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सरुवा भई अन्यत्र गएपछि उनको स्थानमा कोही आएका छैननर ।
अस्पतालका निमित प्रमुख उमेशलाल कर्णका अनुसार बरिष्ठ, कन्सल्टेन्ट गाईनो, सर्जन अर्थोसर्जन, साइकाट्रिीट, जेनेरल फिजिसियन, रेडियोलोजिष्ट, डेन्टल सर्जन, फिजियोथेरापिस्त, मेडिकल, अधिकृत, ल्याव टेक्नोलोजिष्ट वरिष्ठ नर्सि· अधिकृतलगायत दरबन्दीअनुसार कर्मचारी पूर्ति भएको छैन। अस्पताल विकास समितिले करारमा जेनेरल फिजिसियन, गाईनो र मेडिकल अधिकृत ४ जना नियुक्ति गरी जसोतासो बिरामीको उपचार धानिरहेको उनले बताए ।
चिकित्सवक अभावकै बेला करारका डाक्टरको पनि असारमा म्याद सकिँदै छ निमित प्रमुख कर्णले भने समस्या बढदै गएको छ । एचए नहुँदा इमर्जेन्सी वार्ड अहेवका भरमा चलिरहेको छ । उनका अनुसार प्रसूति सेवामा स्टाफ नर्स नभएपछि त्यसको गाउँमा अनमीले सेवा दिँदै आएको छ ।
१ करोड लगानीमा उपकरण जडान गरिए पनि चिकित्सक नहुँदा प्रसुति शल्यक्तिया सेवा अझै सुरु भएको छैन । उपकरण जडान गरेको वर्ष वित्न लाग्यो तर शल्यक्रिया सुविधा उपलब्ध नुहँदा सामान्य प्रसुतिबाहेक सदरमुकाम सिरहाबाहिर जान बाध्य छन ।

सदरमुकाम आसपास गाउँबाट प्रसूतिका लागि दैनिक २.३ जना आउने गर्छन । चालु आर्थिक वर्ष अहिलेसम्म सामान्य उपचारबाट जिल्ला अस्पतालमा ३६० जनालाई प्रसूति गराएको तत्यांक छ । शल्यक्तिया गर्नुपर्ने विरामीलाई अन्यत्र रिफर गर्नुको विकल्प नरहेको कर्णले बताए । चिकित्सक अभाव छ , शल्यक्तियाका लागि चिकित्सक टिम ने चाहिन्छ, उनले भने, अस्पताल ठूलो भयो तर सुविधा दिन सकिएको छैन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »