सिरहा, १५ जेष्ठ । गोलबजारमा रहेको भुमिजा हस्पिटलले सातौं बार्षिकोत्सबको अबसरमा रक्तदान कार्यक्रम गरेको हो । अस्पालको परिसरमा सोमबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको अस्पतालले जनाए ।
बर्षिकोत्सबको अबसरमा लिपिड प्रोफाईल, प्रिगनेन्सि, मलेरिया, कालाजार, सुगर लगायतका रोगहरुको निः शुल्क जाच गरिएको थियो । निः शुल्क जाँचमा ४५ जना रोगीले स्वास्थ्य परिक्षण गराएको अस्पताल प्रशासनले जनाएको छ ।
