चुरेमा बाटो खन्दै धनगढीमाई नगरपालिका

प्रकाशित समय 10:11:00 PM
रामबाबु यादब
सिरहा, ४ जेष्ठ । बाटोघाटो नहुँदा सुत्केरीले समेत पैदल हिड्नुपर्ने बाध्यता रहेको सिरहाको उत्तरी क्षेत्रमा रहेको चुरेको डाँडामा धनगढीमाई नगरपालिकाले बल्ल बाटो खन्न थालेको छ ।
धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माका अनुसार, नगरपालिकाको पूर्वाधार विकासतर्फ २२ लाख ५० हजारको लागतमा पर्ने उक्त सडकले धनगढीमाई नगर पालिकाको वडा नं. १४ को खुट्टी, महाजनी र मरायण गरी तीन गाउँका करिब पाँच हजार जनसँख्याका लागि छ किलोमिटर सडकको ट्रयाक खोलेको छ । सडक नहुँदा तीन गाउँका बासिन्दालाई विरामी र आपतकालीन अवस्थामा स्वास्थ्य केन्द्रसम्म आउन पनि हम्मे हम्मे पर्दथ्यो भने स–साना वालवालिकाहरुलाई अध्ययन गर्न सर्रे अम्बासमा रहेको आधारभुत विद्यालयमा जान समेत मुश्किल थियो ।
हामीले त सोचेकै थिएनौ यस क्षेत्रमा पनि सडक खुल्छ भनेर तर बाटो बन्न थालेको छ अब चैं सुखको दिन आउँला कि, महाजनीका ५४ वर्षीय टु·ो बहादुर लामाले भने, काम  गर्ने उमेर गइसक्यो गाउँमा बाटो देख्न नपाइएला कि भनेर चिन्ता थियो तर यो सपना पनि यसैपालि पुरा हुने भयो ।
धनगढीमाई नगरपालिकाको १४ वटै वडाहरुमध्ये अति विकट रहेको उक्त वडाको सर्रे, अम्बास, भालुटार, चट्यान, खुटी, मरायण र महाजनी गरी सात गाउँका बासिन्दाहरु विगतमा बाटोघाटो नभएकै कारण सिरहाको बजारभन्दा उदयपुरका निकटवर्ती गाउँमा मत खसाल्न जाने गर्दथे । 
यसपालि सबै राजनीतिक दलहरुले जसले जिते पनि विकासको पहिलो प्राथमिकतामा वडा नं. १४ लाई नै पार्ने प्रतिबद्धता व्यक्त गरेपछि उक्त वडाका सात गाउँका बासिन्दाले आफ्नो मतदाता सूचि सिरहामा सारेका थिए । साझा प्रतिबद्धताकै कारण धनगढीमाई नगरपालिकाको स्थानीय सरकारले चालु आर्थिक वर्षको बजेटमध्ये २० लाख विद्युतिकरणमा तथा थप २२ लाख ५० हजार सडक बाटोको ट्रयाक खोल्ने कार्यमा खर्चदै छ ।
चुरेमा रहेका वस्तीहरुलाई लोकमार्गसँग जोड्ने साझा सड्ढल्पका कारण हामीले विकासको प्राथमिकतामा वडा नं. १४ लाई अग्रस्थानमा राखेका हौ, धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरिनारायण चौधरीले भने, चुरेको प्रत्येक वस्तीमा बाटो, विद्युत, स्वास्थ्य र शिक्षा पु¥याउन सडकको अड्चनको रुपमा रहेका पुलपुलेसाका लागि सर्वे समेत गर्दैछौं ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »