अधिकार प्राप्तीको लागि संगठित संघर्ष आवश्यक ः मुख्यमन्त्री राउत

प्रकाशित समय 6:31:00 PM
रामबाबु यादब
सिरहा, १२ जेष्ठ । अधिकार प्राप्रिको लागि दलित समूदायको संगठित संघर्षको आवश्यकता रहेको २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बताए । सिरहाको लहानमा शनिवार प्रदेश स्तरीय दलित सभालाई सम्वोधन गर्दै मुख्यमन्त्री राउनले संसारमा कसैलेपनि संघर्ष विना अधिकार प्राप्त प्रप्त गर्न नसकेको भन्दै दलितहरुलेपनि आफ्नो अधिकार प्राप्तीकोलागि संगठित रुपमा आवाज उठाउनु पर्नेमा जोड दिए । 
सम्वोधनको क्रममा उनले कार्यकारी पदमा रहेर यस्तो कुरा गर्न नसुहाउने भएपनि आजको यथार्थ नै यही हो भन्दै उनले जुनसुकै दल, पार्टी, धर्म वा वर्गको भएपनि आधिकारको लडाईमा एकजुट हुनुको विकल्प नरहेको उनले बताए । 
सोहीक्रममा सामाजिक न्यायका लागि राज्यको हरेक अंगमा दलित समुदायलाई आरक्षण आवश्यक रहेको बताए । मुख्यमन्त्री राउतले सामाजिक न्याय बिना विकास सम्भव नभए जस्तै दलित समुदायको आरक्षण विना सामाजिक न्याय सम्भव नभएको बताए ।
सामाजिक न्याय बिना कुनै पनि विकास सम्भव छैन्, मुख्यमन्त्री राउतले भने, ‘ सामाजिक न्याय तब मात्र सम्भव छ, जब दलित समुदायलाई राज्यको हरेक तहमा आरक्षण लागु हुन्छ ।  सदिऔंदेखि बिभेद खेप्दै आएका दलित समुदाय सम्मान हिस्सेदारी नभएसम्म मुलुकमा सम्बृद्धि सम्भव नभए को मुख्यमन्त्रीको भनाई थियो । 
दलित सरोकार मञ्च, नेपाल र डिग्नटी इनिुिसएटिभको संयुक्त आयोजनामा आयोजित दलित भेलाको समापन कार्यक्रममा राष्ट्रियसभाका सदस्य रामप्रित पासवानले दलित समुदायलाई राज्यले बिभेद गर्दै आएकाले क्षतिपुर्ति स्वरुप आरक्षण जरुरी रहेको जिकिर गरे । 
आयोजक दलित सरोकार मञ्च, नेपालका अध्यक्ष युक्ति लाल मरिकको अध्यक्षतामा आयोजित समापनको अवसरमा दलितभेलाका सहभागिहरु बाट आएको सुझावलाई समेटिएर तयार गरिएको लहान घोषणापत्र मुख्यमन्त्रीलाई बुझाइएको थियो  । 
दलितभामा राष्ट्रियसभा सदस्यसहित प्रदेश नं. २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने ९ जना दलित सांसदहरुको साथै २ नम्बर प्रदेशअन्तर्गत सबै जिल्लाका स्थानीय तहका निर्वाचित दलित प्रतिनीधि, राजनीतिक नेता÷कार्यकर्ता, अधिकारकर्मी गरी एक सय २० जनाको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »