विद्यालय बन्द गरेर बरियाँतीलाई बास

प्रकाशित समय 7:36:00 PM
कमलेश यादब
सिरहा, ३१ बैशाख । सिरहाको गोलबजार नगरपालीका–८ चोहर्वा भाईजीटोलस्थित जनता आधारभुत विद्यालयमा पढाईनै प्रभावित हुनेगरी जन्ति राखेकोे छ । लालमोहन मण्डलको छोरीको विवाहमा लहनबाट आएको बरियाँतीलाई विद्यालयमा बासको व्यवस्था मिलाएको हो ।
गाउँमा छोरीको विवाहमा जन्ति आउने भएपछि यही विद्यालयमा बरियाती राख्ने र खानपान गराउने गरेको स्थानीयएले बताएको छ । हिजो बेलुका आएको जन्ति विद्यालयमा बसेपछि सोमवार विद्यालयको पढाई प्रभावित भएको छ ।  कक्षा ८ सम्म पठन पाठन हुने यस विद्यालयमा २ सय ४० जना विद्यार्थी अध्ययन गरिरहेको प्रधानाध्यापक रामदेव मण्डलले बताए ।
विद्यालयमा जन्ति रहेका कारण सोमबार पढाईनै नभएको एक स्थानीयले भने । गाउँको विचमा रहेको विद्यालयमा विवाहको जन्ती राख्ने, भोज खुवाउने जस्ता कार्यले पढाई प्रभावित हुनुका साथै विद्यालयमा फोहर समेत हुनेगरेको स्थानीय धनीराम यादवले बताए । गाउँमा हुने सवै विवाहका जन्ति यही विद्यालय मा राख्दा विद्यार्थीको पढाई प्रभावित हुने गरेको छ ।
प्रधानाध्यापक मण्डलले विद्यालयमा जन्ती राख्ने, जन्तीलाई खाना खुवाउने जस्ता कार्य नगरर्न रोक्ने प्रयास गरेपनि आफू असफल भएको बताए । उनले भने, ‘मैले पटक पटक गाउँलेहरुलाई राखेर विद्यार्थीको पढाई प्रभावित हुनेगरी जन्ती नराखौं भन्दा गाउँलेले मलाई नै झण्डैले कुटे, त्यसपछि मैले व्यवस्थापन समितिको निर्नयमा विद्यालयमा जन्तिराख्ने अनुमति दिन थालेको छु ।
यता, गोलबजार नगरपालीका का शिक्षा समितिका संयोजक तथा ८ नम्वर वडाका अध्याक्ष नागेन्द्र कुमार सिंहले विद्यालयको पठन पाठननै रोकेर जन्ति राख्नु अनुचित भएको भन्दै तुरुन्त अनुगन गर्ने बताए । विद्यालय बन्द गरेर जन्ती राखेको भए प्रअलाई आईन्दा यस्तो नगरर्न चेनावनी दिने जनाए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »