हुरीले घरको छानो उडाएपछि सदायवस्ति विचल्लिमा

प्रकाशित समय 7:42:00 PM
रामबाबु यादब
सिरहा, ३१ वैशाख । गोलबजार नगरपालीका १० धोवियाधारका ३९ वर्षिय मुनिलाल सदाय, ४५ वर्षिय रामलाल सदाय र १८ वर्षिय सुलेन्द्र सदायका परिवार समसाझै खाना खाएर नजिकै रहेको पाहुना घरमा पुग्छन् । गत बुधबार विहानीपख आएको विनासकारी हावाहुरीले ओतलाग्ने घरको छानो उडाएदेखि उनीहरु दिनहुँ वेलुकाको खानाखाएर पाहुना घरमा पुग्ने गरेको हो ।
पछिल्लो केही दिनदेखि दिनहुँजसो पर्ने पानी र हावाहरी बाट बच्न उनीहरुको परिवार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा तत्कालिन सिरहा क्षेत्र नं. ५ का सासंद रहेका वेला उनकै संसदिय कोषबाट बनेको पाहुनाघरमा पुग्ने गर्दछन् । यी तीनजनामाको परीवारमात्र हैन करिव ४० घर परिवारको वस्तिरहेको यो गाउँका धेरैजसोको घरको छानो उडाएकाले उनीहरु सवै त्यही पाहुनाघरमा रात विताउने गर्दछन् ।
अपा· समेत रहेका मुनिलाल ६ महिने काखे छोरोसहित ६ जनाको परिवार अहिले त्यहि पाहुना घरका रात विताउने गर्दछन् । लौरोको सहारामा हिडडुल गर्ने मुनिलाल पैसा नभएकै कारण घरमर्मत गर्न सक्ने अवस्थामा नभएको बताउँछन् । उनीभन्छन्, ‘म आफै अपा· छु, जसो तसो परिवार चलाईरहेको छु, बल्ल बल्ल बस्ने घर बनाएको थिएँ, त्यो पनि उडायो, अव कसरी बनाउने ?  मुनिलालको ३ भाई छोरा र १ बहिनी छोरी छ ।
रामलालको घरपनि हावाले ढालिदिएको छ । दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउँदै आएका उनले पनि घर मर्मत गर्न सकेको छैन । जसोतसो परिवार पाल्दै आएका उनले घर भक्तिएपछि कसरी बनाउने भन्ने समस्यामा परेको बताए । उनलेभने, ‘दिनभरी अरुकोमा ज्यालामजदुरी गरेर जीविका चलाउँदै आउको छु, हावाले घरनै भत्कायो, हामीत विचल्लिमा परेका छौं, कसरी बनाउने सोच्नै सकिएको छैन । उनको सवै १० वर्ष मुनिका २ छोरी र १ छोरा छन् ।
१८ वर्षिय सुरेन्द्रको आफ्नै १० महिने छोरी छ । दुःखजिलो गरेर परिवार पाल्दै आएका सुलेन्द्रको हुरीवतासले घरको छानो उडाएपछि कसरी मर्मत गर्नेभन्ने अलमलमा परेका छन् । सुरेन्द्रमात्र हैन गाउँका धेरै सदाय परिवारको यही अवस्था छ ।
घुमिखोलाको किनारमा रहेको यो सदायवस्तिका ४० परिवारको उस्तै अवस्था छ । गाउँका सवैको उस्तै अवस्था भएकाले त्यही पाहुना घरमा पनि उनीहरुले ठाउँ पाउन सकिरहेका छैनन् । घरकै  एकछेउमै भएपनि ओतलागन सक्ने अवस्था रहेकाहरु घरमै वस्ने गरेको गाउँका ५५ पर्षिय लिलिया दसायले बताए । उनलेभने, जसको घर थोरैपनि बचेको छ, ‘उनीहरु आफ्नै घरको एककुनामा ओतलाग्ने गर्छ बाँकी सवै त्यही पाहुना घरमा कोचुएर बस्नुको विकल्प छैन् ।
गाउँलहरुले हुरीले गाउँनै विस्थापितहुने गरी उडाउँदा समेत आफूहरुले कुनै राहत पाउन नसकेको गुनासो गरे । गाउँलेहरुले चुनावका वेला गरिवलाई यसो गर्छु उसो गर्छु भन्नेहरु आपत विपत परेको वेला फर्केर समेत नआएको भन्दै दुखेसो पोखे । गाउँका विरोचन सदायले भने, ‘चुनावका वेला दिनमै ५ जना नेता हामीलाई भोट देउ, तिमिहरुलाई घर बनाईदिन्छु, पानीको व्यवस्था मिलाउँछु, बालबालिकालाई पढ्ने स्कूल दिन्छु भन्थे । अहिले वस्ने घर नै उडाएको बेल कोही अनुहार देखाउन सम्म आएको छैन ।
बैसाख २६ गते बुधबार विहान आएको विनासकारी हुरीले सिरहामा एक वृद्धको मृत्युको साथै ठूलो संख्यामा घर टहराहरु एडाएका छन् । ठाउँ ठाउँमा विद्युतका पोलहरु भाचिएकाले अझै कतिपय गाउँहरुमा विद्युत सेवा सुचारु हुन सकेको छैन । अवस्था सहज भए अझै एक हप्ता लाग्ने मिचैया विद्युत प्रशारण केन्द्रका प्रमुख शिवराम यादवले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »