विद्यालय भर्ना अभियानमा गाउँपालीका प्रमुख घरदैलोमा

प्रकाशित समय 9:41:00 PM
सिरहा, १७ वैशाख । विद्यालय भर्ना नभएका बालबालिका खोज्नका लागि वडियारपट्टी गाउँपालीकााका नगर प्रमुख सन्तोष महतो घरदैलोमा पुग्न थालेको छ ।
विद्यालय भर्ना नभएका बालबालिकाका घरमा पुगेर अभिभावकलाई उनले शिक्षाको महत्वबारे सम्झाउँदै हिडेको हो । शिक्षाबाटै देशलाई परिवर्तन गर्न सकिन्छ, अहिलेका बालबालिका भविष्यका कर्णधार भएकाले विद्यालय पठाउन कन्जुस्यार्इं नगर्नुस् गाउँपालीका प्रमुख महतोले गाउँपालिकाका  प्रत्यक वडाहरुका अभिभावकका घरमा पुगेर “एक छाक नखाएर भए पनि बालबालिकालाई विद्यालयमा भर्ना गराउनोस्” भन्ने गरेका छन् ।
“सामुदायिक विद्यालयमार्फत निःशुल्क पाठ्यपुस्तक मिल्छ, कुनै शुल्क तिर्नु पर्दैन, गरीब र जेहनदारका लागि झोला, अभ्यास पुस्तिका र पोशाकका लागि छात्रवृत्ति मिल्छ, तपाईंहरूका बालबालिकालाई पढाउने दृढ इच्छाशक्तिको खाँचो छ”, उनले भने । गाउँपालीका प्रमुख महतो सहित वडाध्यक्ष, वडा सदस्य र शिक्षकसँगै चेतनामूलक कार्यक्रममा अहिले व्यस्त रहेका छन् ।
नगरप्रमुख सहित अन्य जनप्रतिनिधीपनि विद्यार्थी भर्ना अभियानमा हिडेपछि विद्यार्थी भर्ना अभियान सहज भएको जनता (प्राविधिकधार) माध्यमिक विद्यालय बडियारपट्टी ३ प्रअ विरवल यादवले जनाए । उनले भने, ‘अहिल्ल वर्षहरुमा पनि यस्ता अभियान नभएका होइनन् तर, यो वर्ष अभिभावक जनप्रतिनिधी सहित भर्ना अभियानमा जाँदा प्रभावकारी भएको छ । 

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »