श्रोत र साधनस“ग जुझ्दै अर्नमा गाउ“पालिका

प्रकाशित समय 7:09:00 PM
रामबाबु यादब
सिरहा, १५ जेष्ठ । सिंहदरबारको सेवा गाउँमै पु¥याउने उद्देश्य अनुरुप स्थानीय तह अन्तर्गत नगर र गाउँपालिकामा जनप्रति निधि चुनिएको नौ महिना बितिसक्दा पनि तराईकै सुगम जिल्ला सिरहामा पूर्वाधार नहुँदा स्थानीय सेवाग्राहीले पाउने सेवा प्रभावित भएको छ । 
कतिपय नगरपालिका र गाउूपालिकाको कार्यालय पूर्वाधारविहीन हुूदा पुरानै भवनको एकै कोठामा दुई वडा सञ्चालन भइरहेका छन् भने कुनै गाउँपालिकाको सम्पूर्ण कार्य दुई वटा कोठामै सञ्चालित छन् । जसका कारण कार्यालयको दैनिक सेवा प्रभावित भएको छ । 
त्यस्तै स्थानीय तहमध्ये एउटा हो सिरहाको अर्नमा गाउँपालिका । उक्त गाउँपालिका दुई वटा कोठामा सञ्चालित छ जसबाट सेवा प्रदान गर्न असहज भएको छ । चार कोठे पुरानो गाविस भवनमा दुई कोठामा गाउँपालिका र दुई कोठामा वडा कार्यालय सञ्चालित छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवन धितालका अनुसार कोठा अभावमा गाउँपालिका अध्यक्ष ठकु महतो र उपाध्यक्ष सियावती मुखियाको कार्यकक्ष एउटा कोठामा तथा प्रशासकीय अधिकृत र लेखापाल नरेश कामैतले अर्को कोठामा कोच्चिएर काम गर्नुपरेको छ । व्यक्तिगत घटना दर्ता, सोधपुछ, योजना लगायत अन्य शाखा बरण्डामा सञ्चालित छन् । जसका कारण सेवाग्राहीको घुईंचोका कारण नियमित काममा समेत समस्या भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत धितालले गुनासो गरे । 
वडा कार्यालय समेत एकै ठाउँ हूँदा सेवाग्राहीको घुईंचोका कारण दैनिक काममा समेत समस्या झेल्नुपरेको छ, लेखापाल नरेश कामैतले भने, कार्यकक्षको अभावमा कार्यालयको काम समेत घर पुगेपछि गर्न बाध्य छौं । अर्नमा गाउँपालिकालाई पुर्वाधार को अभावले त सताएकै छ झन त्यसमाथि दरबन्दी अनुसारको कर्मचारी नहुँदा यहाँका जनप्रतिनिधि र प्रशासन प्रमुखलाई गाउँपालिकामा आएको बजेट कसरी खर्च गर्ने भन्ने चिन्ताले पिरोलेको पनि छ । त्यहाँ प्राविधिक कर्मचारीको अभावमा विकास योजनाका कामहरु सुचारु गर्न समस्या भएको छ । अर्नामा गाउूपालिकामा निजामतीतर्फ निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापाल मात्र कार्यरत छन् । वडामा  प्राविधिक सहायकलाई सचिवमा खटाइएको छ । 
करारमा कार्यरत एक्लो  सव इन्जिनियर मोहित नारायण सिंहको भरमा योजना शाखा सञ्चालन गर्नुपरेको छ । उनको काँधमा योजना शाखा मात्र होइन सम्पूर्ण वडाको गल्ली गल्लीमा गएर योजनाको गतिविधि हेर्ने जिम्मेवारी पनि थपिएको छ । ‘एक्लो प्राविधिक कर्मचारी सव इन्जिनियरको भरमा गाउँपालिकाको सम्पूर्ण योजना सञ्चालन गर्नुपरेको छ  निमित्त प्रमुख प्रशासकीय अधिकृत धितालले भने, ‘सेवाग्राहीको चाप बढी भएपनि कर्मचारीको अभावमा गाउँपालिकाको कार्य सम्पादनमा कठिनाई भएको छ ।  
उनका अनुसार अर्नामा गाउँपालिका तीन जना कार्यालय सहयोगी, एक कम्प्युटर अपरेटर, तीन सामाजिक परिचालकको भरमा सञ्चालित छ । आर्थिक वर्ष समाप्त हुन डेढ महिना मात्र बाँकी रहदा योजनाको काम सम्पन्न गर्न कठिनाई भएको उनले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »