लहानमा नेबिल बैङ्कको नयाँ शाखा

प्रकाशित समय 2:25:00 AM
सिरहा, २८ वैशाख । सगरमाथा अञ्चलको प्रमुख व्यापारिक केन्द्र लहानमा नेबिल बैङ्कको नयाँ शाखा सञ्चालन गरिएको छ ।
उक्त बैड्ढका सञ्चालक समितिका अध्यक्ष शम्भु प्रसाद पौडेलले मङ्कलबार बैड्ढको मूल द्वारमा रिबन काटी बैड्ढको नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाको उद्घाटन गर्दै अध्यक्ष पौडेलले नेबिल बैड्ढले ग्राहक वर्गको हित प्रवद्र्धनका लागि नयाँ नयाँ योजना ल्याउँदै देशको अर्थतन्त्रमा लगानीलाई प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताए ।
लहानसमेत देशभरीमा नेबिल बैड्ढको शाखा सँख्या ६२ वटा पुगेको छ । आठ अरब चार करोड चुक्ता पूँजी रहेको उक्त बैड्ढको निक्षेपतर्फ तीनदेखि ११ प्रतिशत तथा ऋणतर्फ १० दशमलव ९९ प्रतिशतभन्दा माथि ब्याजदर रहेको छ । सञ्चालन भएको केही दिनमै लहानमा मात्र उक्त बैड्ढको छ सय ग्राहक थपिएका छन् ।
नेबिल बैड्ढले बैकिड्ढ कारोबारका साथै नागरिक सेवामा समेत आफ्नो सहभागिता जनाएको बैड्ढका लहान शाखाका प्रबन्धक रेणु प्रधानले बताए । उनले पछिल्लो पटक बाढीग्रस्त तथा भुकम्पग्रस्त क्षेत्रमा राहत प्याकेज वितरण गरेको जानकारी दिए । उक्त अवशरमा सञ्चालक समितिका सदस्यद्वय उपेन्द्र पौडेल, दयाराम अग्रवाल, कामु प्रमुख कार्यकारी प्रबन्धक अनिल केशरी शाह, प्रमुख व्यापार प्रबन्धक अनिल खनाल तथा प्रमुख बजार प्रबन्धक रमेश लोहनीको समेत उपस्थिती थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »