१३ वर्षमै आमा बनेकी ममताको मुटुमा समस्या, उपचारका लागि काठमाडौं लगियो

प्रकाशित समय 10:22:00 PM
सुनसरी, ४ जेष्ठ । १३ वर्षको उमेरमै आमा बनेकी ममता मरिकको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । उनको मुटुमा समस्या देखिएपछि थप उपचारका लागि बुधबार साँझ काठमाडौं लगिएको छ । 
       छोरी जन्माएको निहुँमा घरपरिवारबाट लखेटिएकी ममता कुपोषित नावाालिका छोरीसहित विराटनगरको नोबेल अस्पतालमा उपचाररत थिइन् । चिकित्सकहरुले मुटुमा गम्भिर समस्या देखिएकाले ममतालाई तत्कालै काठमाडौंमा रहेको गंगालाल हृदय रोग केन्द्रमा लैजान सुझाव दिएपछी उनलाइ थप उपचारको लागि काठमाडौं लगिएको हो ।
चिकित्सकका अनुसार ममतालाई निमोनिया समेत भएको छ । नोबेल अस्पतालको उपचार लगायतको खर्च ब्यहोरेको सुनसरीको गढी गाउँपालिकाको कार्यालयले थप खर्च ब्यहोरेको छ । सो गाउपालिकाले ममतासहित उनकी आमा र सहयोगी राकेश निरौलाको प्लेन खर्च समेत उपलब्ध गराएको छ । ममताको उपचारमा सहयोगी भूमिका निर्वाह गर्दै आएका राकेश निरौलाले गंगालाल अस्पतालमा समेत गढी गाउँपालिका प्रमुख श्रीप्रसाद यादवले आवश्यक समन्वयको पहल गर्ने प्रतिवद्धता जनाएको बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »