भारतीय प्रधानमन्त्रीलाई १२१ किलोका तीन वटा मालाबाट सम्मान

प्रकाशित समय 2:16:00 AM
जनकपुरधाम, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२१ किलोका तीन वटा मालाको सम्मान दिइएको छ ।
उनलाई नागरिक अभिनन्दनका क्रममा प्रदेश नं. २ का सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले १२१ किलोका छु्ट्टाछुट्टै माला लगाएर सम्मान दिएका हुन् ।
मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन पनि गरिएको छ । आज जनकपुरको रंगभूमि मैदानमा आयोजित कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले उनलाई मैथिली भाषामा लेखिएको अभिनन्दनपत्र प्रदान गरी सम्मान गरेको हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »