समाज सुन्दर वनाउन महिलाको महत्वपूर्ण भूमिका हुन्छ ः नगरप्रमुख साह

प्रकाशित समय 5:56:00 AM
अन्नपूर्ण गौेतम
सिरहा, २५ वैशाख । गोलबजार नगरपालीकाका नगर प्रमुख देवनाथ सहिले सुन्दर समाज निर्माणमा महिलाको महत्वपूर्ण भूमिका रहेने बताएको छ । गोलबजार नगारपालीकाको सहयोग र उपभोक्ता समिति गोलबार नगारपालीका ४ ले आयोजना गरको सामाजिक रुपमन्तरणको लागि महिला तथा पुरुष कानुनी सचेतना तालिमको उद्घाटन गर्दै नगरप्रमुख साहले घर सुन्दर भए समाज सुन्दर हुने बताउँदै समाजको विकासमा महिलाहरुको पनि महत्वपूर्ण योगदान रहेने जनाए ।
एउटा घरलाई कसरी व्यवस्थित बनाउने  त्यसको मुख्य भुमिका महिलाकै कादमा रहने नगरप्रमुख साहले जनाए । उनलेनलेभने, ‘दिनभरी कामले थकित्त भएर आएको एउटा पुरुषलाई घरमा आउने वित्तिकै श्रीमतीले मुसुक्क हासेर एककप चियामात्रै खानदिएनि उनको दिनभरीको थकान दुर हुन्छ । तर, त्यही महिलाको सानो व्यवहारले परिवार नै तहस नहस हुन्छ । 
नगरप्रमुख साहले महिलाले जस्तोसुकै श्रीमान भएपनि उनीहरुको सवैखाले हिंसा सहेर वस्नुपर्छभन्ने आफ्नो मान्यता भने नभएको जनाए । उनले खराव आचरणभएका, दिनहु रक्सिखाएर आउने श्रीमानको पीटाई सहेर उनीहरुलाई रिझाउन पर्छभन्ने मान्यता आफ्नो नभएको पनि खुलाए । 
महिलामाथि थिचोमिचो गर्ने, रक्सिखाएर वितण्डा मचाउने पुरुषहरुलाई तह लगाउने शक्तिपनि  महिलाहरुमा नै रहेको नगरप्रमुख साहले बताए । उनलेभने, ‘महिलाहरुसँग यति शक्ति छ की, खराव पुरुषलाई पनि सहि ठाउँमा ल्याउन सक्छन्, समाज तथा पुरुषहरुलाई सहि ठाउँमा ल्याउन कठिनाईभएमा नगरपालीका पनि त्यसमाकाममा तपाईहरुको साथमा रहन्छ । 
नगर उपप्रमु रेशम कुमारी थापाले महिला अभैपनि विभेदमा रहेको भन्दै उनीहरुलाई सवैक्षेत्रमा प्रतिनिधिन्वको लागि समान अवसरको खाँखो रहेको बताए । उनले त्यसको लागि महिलाहरु थप सक्षम, योग्य तथा दक्ष बनाउन नगरपालीकाले अझै महिलामा लगानी गर्नुपर्ने जरुरी रहेको औंल्याए ।
सोही क्रममा वडा नं. ४ का वडाअध्यक्ष राजदेव यादवले महिलाहरुले आफ्नो अधिकार र कर्तव्यको विषयमा पनि जानकारी राख्नु आवश्यक रहेको जनाए । उनले आफू जहिलोपनि वडाको समग्र विकासको  सहयोग गर्न तयार रहेको अध्यक्ष यादवले बताए । उनलेभने भने, ‘मैले जहिलेपनि भन्ने गरेको छु, म वडाको विकास सम्झेर होइन घरको विकास सम्झेर लाग्ने छु, त्यसकोलागि तपाईहरुको मलाई सहयोग आवश्यक छ । 
उद्घाटन मन्तव्यको क्रममा नगर कार्यापालीका सदस्य गंगा कुमारी, वडा सचिव हरिलाल मोची, वडा सदस्य संजिव महरा, संचारकर्मी रामबाबु यादव कार्यक्रममा सहजकर्ता अधिवक्ता सुनिल साहले सुझाव सहितका मन्तव्य राखेका थिए । उपभोक्ता समितिका अध्यक्ष ओमकुमारी साहले संचालन गरेको उद्घाटन कार्यक्रमको अध्यक्षता गीता अधिकारी र स्वागत शुशिला गोपालीले गरेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »