पा“च अरबभन्दा बढी आ“पको क्षति

प्रकाशित समय 1:11:00 AM
कमलेश यादब
सिरहा, २ जेष्ठ । पटक पटक आएको हावाहुरीका कारण सिरहामा पाँच अरबभन्दा बढी मूल्य बराबरको आँप क्षति भएको छ ।
जिल्ला कृषि विकास कार्यालय सिरहाका अनुसार, सिरहामा वैशाख ४ गते, २६ गते तथा ३१ गते विहान आएको हावाहुरीका कारण पाँच अरब चार करोड मूल्य बराबरको आँप क्षति भएको छ । सिरहामा लगाइएको पाँच हजार छ सय हेक्टर आँपको बगैंचामा लगाइएको छ लाख ७२ हजार आँपको बोटमध्ये १७ हजार ३० वटा आँपको बोट भाँच्चिएका छन् भने नभाँच्चिएका बोटहरु बाट समेत आँपका चिचिलाहरु झरेका छन् ।
जिल्लाको सम्पूर्ण स्थानीय तहमा रहेका कृषि प्राविधिकहरु बाट लिइएको तथ्याड्ढ अनुसार ५० हजार चार सय मेट्रिक टन आँप यसपालि पूर्ण विकसीत नहुँदै हावाहुरीको कारण नष्ट भएको छ जसको अनुमानित मूल्य पाँच अरब चार करोड पर्दछ, सिरहाका वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र यादवले भने, मौसम अनुकुल रहेको भए यस वर्ष ६७ हजार दुई सय मेट्रिक टन आँप सिरहा जिल्लामा उत्पादन हुनसक्ने हाम्रो अनुमान थियो तर अब १६ हजार आठ सय मेट्रिक टन आँप मात्र उत्पादन हुन सक्छ । यो हिसाबले सिरहामा ७५ प्रतिशत आँप पूर्ण रुपले विकसीत नहुँदै नष्ट भइसकेको छ ।
फल्ने वर्ष भएकोले यसपालि सिरहामा आँपको उत्पादन बढ्दै मूल्य पनि सस्तो हुने सम्भावना थियो तर अब कम उत्पादन हुने भएको कारण आँपको मूल्य आकाशिने लहानका फलफूलको थोक विक्रेता सुरेश मण्डलले जानकारी दिए । बजारमा सबैभन्दा पहिले आउने बम्बई जातको आँप प्रति केजी १२५ रुपियाँमा मंगलबार खरीदविक्री हुन थालेको छ ।
आँप मात्र नभई यसपालि पटक पटक आएको हावाहुरीले अन्य फलफूल तथा तरकारीवाली पनि नष्ट गरेको जिल्ला कृषि विकास कार्यालय सिरहाले जनाएको छ । उक्त कार्यालयका अनुसार, ४१ करोड ६२ लाख बराबर तरकारी, २० करोड बराबरको मु·, सात करोड ४४ लाख बराबरको तरभुजा तथा दुई करोड बराबरको लिची तथा ४० लाख बराबरको मकैको बोट नष्ट भएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »