सिरहामा हावाहुरीले वृद्धको मृत्यु, जस्ता तथा टायलको घरमा ठूलो क्षति

प्रकाशित समय 8:03:00 PM
कमलेश यादब
गोलबजार, २६ वैशाख । बुधबार विहानीपख आएको  हावाहुरी र वर्षाले सिरहाको विभिन्न गाँउ, टोलमा ठूलो क्षति पुगेकोछ । हावाहुरीको वेला गाउँनजीको घुर्मिखोलामा शौच गर्न गएकोवेला मिर्चैया नगर पालिका–१० पिपराका  करीब ७७ वर्षिय सगुनी महतोको मृत्यु भएकोछ ।
विहानी पख दिसागर्नगएका उनको एक्कासी आएको तिव्रगतिको हावाहुरीका कारण मृत्यु भएकोे ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी गजुसिद्धि बज्राचार्य बताए । प्रहरीका अनुसार हुरिबत्तासले सिरहाको सयौ जना घाईते  भएकान् ।
बुधबार विहान करिवन ४ बजेआएको हावाहुरीले ठूलोमात्रा मा घरहरुमा क्षति पुगेको पनि प्रहरीले जनाएको छ । हावाहुरीले ठूलो संख्यामा जस्ता तथा माटोको टायलहरु एडाएर क्षति पुर्याएको जनाएको छ । घरका छाना उडाएपछि स्थानीय वासिन्दा मर्कामा परेका छन् । धेरैको घरमा क्षति पुगेकोले मर्मतगर्ने कामदार नपाउँदा उनीहरु भ्mन ठूलो समस्यामा परेको गोलबजार नपा ४ का दुखि महराले दुखेसो पोखे । उनलेभने, ‘हावाहुरीले घरका सवै टायल उडाएर लग्यो, मर्मत गर्ने प्राविधिकपनि भेटिएको छैन, अव पानी परेझन ठूलो विजोग हुन्छ ।
यात, नेपाल बिधुत प्रधिकरण मिर्चैया बितरण केन्द्र र लहान वितरण केन्द्र  अन्तर्गत लहान र  मिर्चैया का बिभिन्न ठाउँहरुमा  ठूलो संख्यामा विद्युतिका पोलहरु ढलेकाले विधुत सेवा अबरुद्ध भएकोछ । मिरचैया नागपालिका को सवैठाउँमा बिधुत आउन १० दिन सम्म लग्न सक्ने नेपाल बिधुत प्रधिकरण मिर्चैयाका प्रमुख शिवराम यादवले बताए ।
यता जिल्लाको सवैठाउँमा विद्युत पुर्याईसक्न अव महिनौं लाग्न सक्ने अनुमान गरिएको छ । हावाहुरीले सयौंको संख्यामा पोलहरु ढलेको छ । हावाहुरीका कारण विद्युतीय सर्ट भएर ठाउँ–ठाउँमा पंखा, कम्प्युटर, फ्रिज जलेकोछ ।
हावाहुरीले सिरहामा आँप अत्यधिक रुपमा खसेपछि किसानहरु चिन्तित भएको छ । आँको रुखमा लागेको आँप हावाहुरीले झारेपछि किसानहरु चिन्तित बनेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »