हरुवा चरुवा उत्थानमा स्थानीय तह सक्रिय हुने

प्रकाशित समय 1:01:00 AM
सिरहा, २ जेष्ठ । सिरहाका हरुवा चरुवाको आर्थिक र सामाजिक पक्षलाई सबल बनाई सशक्ति करणमा आफूहरु सक्रिय हुने स्थानीय तहका निर्वा्चित जनप्रतिनिधि बताएका छन् । लक्ष्मीपुर पतारी गाउँपालिका ४ का वडाध्यक्ष विद्यानन्द साह सुडीले जिल्लाका बधुवा मजदुर हरुवा चरुवालाई आत्मनिर्भर सहित सशक्त बनाउने बताए ।
वडाध्यक्ष सुडीले ७५ प्रतिशत दलित समुदाय हरुवा चरुवाका रुपमा काम गर्न विवश रहेकाले यस प्रथाको अन्त्य गरि हरुवा चरुवा मुक्त समाज निर्माण गर्न सक्रिय रहने बताए । स्थानीय तहका निर्वाचित जनप्रतिनिधि समक्ष सिरहाका हरुवा चरुवाहरुले थातथलो सहित उत्थान र स्वरोजगारको व्यवस्था को माग गर्दै आएका छन् ।
उनीहरुले उठिबासको घटना तत्काल बन्द गरी उनीहरुको नाममा रहेको सम्पूर्ण ऋण खारेज गर्नुपर्ने, श्रम अनुसारको ज्याला निर्धारण गर्नुपर्ने, हरुवा चरुवाको मुक्तिको घोषणा गरी सुरक्षित बास र परिवार संख्याको आधारमा जग्गासहित पुनस्स्थापित गराइनुपर्ने माग जनप्रतिनिधिसँग गर्दै आएका छन् । तथ्यांक अनुसार धनगढीमाई नगरपालिकामा ७ सय ५४ र लक्ष्मीपुर पतारीमा चार सय हरुवा चरुवा घरपरिवार छन् । अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको सर्वेक्षण अनुसार सिरहामा १८ हजार १ सय ६० हरुवा चरुवा परिवार छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »