हिजो अरूलाई कुरीकुरी गर्ने प्रधानमन्त्री आज नाङ्गै हिडेको छः गगन थापा

प्रकाशित समय 7:20:00 PM
काठमाडौं, ३१ वैशाख । नेपाली कांग्रेसका नेता गगन थापाले हिजो राष्ट्रवादको जिम्मा लिएको दाबी गर्ने प्रधानमन्त्री केपी शर्मा ओली आज ना·ै हिँडेको आरोप लगाएका छन् । भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको प्रस· निकाल्दै सोमबारको संसद बैठकमा थापाले स्वघोषित राष्ट्रवादी सरकारले मोदीको स्वागतमा अनावश्यक चाकडी गरेको बताए ।
‘प्रधानमन्त्री महोदयलाई हिजो चुनावको प्रचारप्रसारका बेला मैले मात्रै राष्ट्रवादको जिम्मा लिएको छु, बाँकी रहेका सबै पार्टीका सबै नेता नेपाल बेच्न उद्धत छन् भनेर भनेको क्षण सम्झाएको छु , संसदमा थापाले भने ‘हिजो अरूलाई कुरीकुरी गरेको थियो । आज नाङ्गै हिडेको कुरा हामीले देखाउनुपरेको छ । थापाले भारतले अब कहिल्यै नाकाबन्दी लगाउँदैन भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमाथि प्रश्न उठाए । उनले  प्रधानमन्त्रीले भारतको जिम्मा लिएर बोलिरहँदा प्रधानमन्त्रीको ‘घुँडामा भ्वाङ पर्यो भनेर सोध्न पाउने कि नपाउने ?, भन्दै प्रश्न गरेका हुन् । उनले विगतमा प्रधानमन्त्री ओलीले शेरबहादुर देउवाको भ्रमण र पुष्पकमल दाहाल ‘प्रचण्ड को भ्रमणलाई सि·डा खान गएको र घुँडा टेक्न गएको रूपमा अर्थ्याएको प्रस· समेत कोट्याए ।
‘आफूले गरे पुण्य अरुले गरे पाप , थापाले टिप्पणी गरे । थापाले भारतीय प्रधानमन्त्री नेपालमा तीर्थ यात्राका लागि आएका कारण तीर्थयात्रा सफल भएको बताए। विश्वासको मत लिँदा गर्दा गर्जिएको प्रधानमन्त्री । हिजो (संसदमा) शब्द खोज्दै गरेको प्रधानमन्त्री, थापाले भने, ‘सुशील कोइरालालाई अम्पसारवादी भन्ने अडानले नाकाबन्दी लाग्यो । अहिले सत्तासिन सांसदले सुरक्षा दिन सकेन भनेको छ । भारतीय राष्ट्रपति आउँदा उनले तामझाम हेर्दा लम्पसारवादी लागेको छ भनेको थियो । पहिला घुँडामा घाउ भयो भनेको थियो । हिजो भारतको जिम्मा लिएर बोल्दा घुँडामा भ्वाङ प¥यो भन्न पाउने कि नपाउने? ।
उनले प्रदेश २ को मुख्यमन्त्रीको धारणा भने निन्दनीय भएको बताए । ‘भारतको मुख्यमन्त्रीले मुसलमान माथि विभेद भएको छ भन्दैन , थापाले भने, ‘हाम्रो मुख्यमन्त्रीको धारणा निन्दनीय छ । थापाले एमाले सांसद बस्नेतको प्रदेश २ का मुख्यमन्त्रीलाई झण्डाका विषयमा तालिम दिने कुरा गरेको प्रति समेत आपत्ति जनाए । ‘नेपालको संविधानले परराष्ट्र मामिला केन्द्रलाई जिम्मा दिएको छ । तालिम परराष्ट्र मन्त्रीलाई दिने भन्न पाउने कि नपाउने ?, थापाले भने ।
‘नाकाबन्दी बिर्सेको छु भन्न पाउने कि नपाउने, थापाले भने, ‘हिजो भारतीय दूतावास अगाडि गएर एमालेले प्रदर्शन गर्न पाउने । अहिले पार्टी कार्यालयमा ब्यानर राख्न पाउने हो कि होइन? यो कस्तो लम्सवादार हो । यो कस्तो चाकडी हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »