सिरहामा गोली प्रहारगरी युवको हत्या एक सातामै तीनको हत्या

प्रकाशित समय 10:16:00 PM
रामबाबु यादब
सिरहा, २४ वैशाख । सिरहामा गोली हानी एक युवकको हत्या भएको छ । अर्नामा गाउँपालीका १ बुढियाचामका २२ वर्षिय धर्मेन्द्र सिंहको मोटरसाइकलमा आएका तीनजनाको समूहले गोली हानी हत्या गरेको स्थानीइले जनाएको छ ।
गाउँकै दिनेश  महतोको किराना पसलमा रेडवुल पीईरहेको अवस्थामा मोटरसाइकलमा आएका व्यक्तिहरुले चलाएको गोलीलागी घाइते भएको धर्मेन्द्रको उपचारको लागि गोलबजारतर्फ ल्याउँदै गर्दा मृत्यु भएको हो । दिनेशका अनुसार पसल अगाडी वसेर डिउ पीइरहेकै ठाउँमा तीनजना आई धर्मेन्द्रसँग कुराकानी गरेर फर्कनेवेलामा  धर्मेन्द्रमाथि गोली हानेको बताए ।
गोली चलाउने वित्तिकै उनीहरु तीनैजना मोटसाइकलमा चढेर दक्षिणतर्फ भागेको महतोले जनाए । उनलेभने, ‘उनीहरु सडकतिर निस्केपछि म पनि खाना खान भित्र पस्दैथिएँ, त्यतिकैमा गोली चलेको आवाज आयो, पछि हेर्दा तीनजना भागीसकेका थिए, गाउँकै एकजनाभाईले उनलाई समाएर राखेका थिए, मैलै तुरुन्तै एम्वुलेन्सलाई खवर गरेर बोलाएपनि उनलाई बचाउन सकिएन । धमेन्द्रको छात्तिमा गोली लागेको जनाएको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एकजनालाई नियन्त्रणमा लिएको छ । अनुसन्धानमा असरपर्ने भन्दै पक्राउन परेकाको नाम भने सार्वजनिक गरेका छैनन् । घटनाको थप अनुसन्धान भईरहेको र बाँकीको खोजीकार्यजारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी राजन भेटवालले जानकारी दिए । 
धमेन्द्रको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
एक वर्ष अघिदेखि काठमाडौंमा वसेर डण्डिफर्माको काम गर्दै आएका धमेन्द्र दुइदिन अघिमात्र घर आएको उनका काका रविन्द्र सिंहले वताए । उनी वैदेशिक रोजगारीको लागि दुवईजान अपुग भएको रकम लिन घर आएको काका सिंहले बताए । मंगलबार उनी रोजगारीको लागि दुवैजानलागेको बताइएको छ ।
सिरहामा दैनिक जसो हत्याको घटना, सातामा तीनको हत्या ः–सिरहामा पछिल्लो एक सातामा तीनजनाको हत्या भएको छ । आइतबार वेलुका अर्नामा गाउँपालीका १ बुढियाचामका २२ वर्षिय धर्मेन्द्र सिंहको तीनजनाको समूहमा आएकाहरुले गोलीहानी हत्या गरेको छ ।
त्यसैगरी शनिवार वेलुकामात्र कर्जन्हा नगरपालीका सिरहास्थित कर्जन्हा नगरपालिका वडा नं.७ मरेवाका सोपेन्द्र यादव धारिलो हतियारले घाटीरेटी हत्या गरेका छन् । करिव ५० वर्षिया यादवको हत्यामा संलग्न भएकाहरुको खोजी जारी रहेको छ ।
यसअघि गोलबजार नगरपालीका ७ का चोहर्वाका ३५ वर्षिय कृष्ण शर्माको कुटाईबाट उनकी २३ वर्षिय श्रीमती प्रभादेवी शर्माको मृत्यु भएकोे छ । प्रहरीले उनको रीमान कृणलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »