२ दिने भ्रमण पुरा गरी भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता

प्रकाशित समय 3:59:00 AM
काठमाडौं, २९ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् ।
शुक्रबार बिहान साढे १० बजे जनकपुर आएर नेपाल भ्रमण सुरु गरेका मोदीले विभिन्न धार्मिक स्थानमा पूजापाठ गर्नुका साथै महत्वपूर्ण राजनीतिक भेटघाट गरी शनिवार अपराह्न पौने पाँच बजे स्वदेश फर्किएका हुन् । शुक्रबार जनकपुर स्थित जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पूजा गरेका उनी सोही दिन काठमाडौं आएका थिए । 
काठमाडौंको द्धारिका होटलमा दुई देशका प्रधानमन्त्री बीच छुट्टाछुट्टै भेटवार्ता भएको थियो । भारतका प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओलीले संयूक्त रुपमा अरुण तेश्रो जलबिदुत आयोजनाको शिल्यान्यास समेत गरेका थिए । नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले विभिन्न धार्मिक स्थलमा गएर पूजापाठ समेत गरेका थिए । 
पहिलो दिन जानकी मन्दिरमा पूजापाठ गरेका उनले दोश्रो दिन मुक्तिनाथ र पशुपतिनाथको मन्दिरमा पूजाअर्चना गरेका थिए । शुक्रबार जनपुरमा नागरिक अभिनन्दन गरिएका उनलाई आजै उनलाई काठमाडौं महानगरपालिकाले पनि नागरिक अभिनन्दन गरेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »