संविधान संशोधनमा प्रधानमन्त्रीको हस्ताक्षर उपलब्धिमुलक ः उपेन्द्र यादव

प्रकाशित समय 12:40:00 AM
काठमाडौं, १४ जेष्ठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्न प्रधानमन्त्रीको सहमति जनाउनुलाई राजनीतिक उपलब्धिको रूपमा व्याख्या गरेका छन् ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र फोरम अध्यक्ष यादवले दुई बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् । सहमतिको पहिलो बुँदामा ‘फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरू देश र जनताको पक्षमा आपसी सहमतिमा आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ  भन्ने उल्लेख छ ।
यादवले आन्दोलनका क्रममा उठेका संविधान संशोधनका माग सम्बोधन गरिने उल्लेख हुनु उपलब्धिमुलक भएको बताए । ‘यो मुलुकको ठूलो परिवर्तन हो , यादवले भने, ‘संविधान संशोधन गरेर मुलुकको समस्याको हल खोज्ने भनेर सरकारमा रहेका पार्टीका दुई अध्यक्ष र प्रधानमन्त्रीले सही गरेको छ । यो उपलब्धि हो । उनले सरकारमा सहभागी हुने मन्त्रीको टु·ो लाग्न बाँकी रहेको बताए । ‘मन्त्रालयको विषय छलफल गर्ने भनेका छौं , यादवले भने ।
संघीय समाजवादी फोरमले २०७४ फागुन २२ गते सरकारमा सामेल हुने निर्णय गरे पनि लामो समयदेखि दुई दलबीच सहमतिमा हस्ताक्षर हुन सकेको थिएन । फोरमका लागि नेकपाले सहरी विकास र स्वास्थ्य मन्त्रालय खाली राखेको छ ।
केन्द्रमा फोरम सरकारमा सामेल हुने निर्णयसँगै प्रदेश २ को समेत सत्ता परिवर्तनको संकेत देखिएको छ । प्रतिपक्षीका रूपमा आफ्नो पार्टीलाई पहिचान नगरिएको भन्दै नेकपाले प्रदेश २ मा सरकारलाई दिएको समर्थन आइतबार फिर्ता लिइसकेको छ । यादवले सभामुखको बदमासीका कारण प्रदेश २ मा समस्या देखिएको बताए ।
‘सभामुखको बदमासी हो , यादवले भने, ‘सभामुखले प्रमुख प्रतिपक्षी भनेर नेकपालाई नदिएर तेश्रो पार्टीलाई दिएबाट उत्पन्न समस्या हो । प्रदेश २ का सभामुख राजपाका हुन् । पछिल्लो समय राजपा र फोरमबीच दूरी बढेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »