कृषि क्षेत्रको समस्या गापाको प्राथमिकतामा ः उप्र–प्रमुख यादव

प्रकाशित समय 9:14:00 PM
जागेश्वर यादव
लहान, १३ जेष्ठ । कृषि क्षेत्रमा देखिएको समस्या गाउपालिकाको प्राथमिकतामा रहेको वताइन । लक्ष्मीपुर पतारी गाउपालिकाका उपप्रमुख आशा कुमारी यादवले कृषि क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि  गाउपालिका कुनै कसर बाकी नराख्ने वताइन । उनले भनिन हाम्रो देश कृषि प्रधान देश हो यहाका किसान अधिकाशं कृषि खेती गरेर जिविकोपार्जन गर्ने गरेका छन् । त्यसैले किसानको समस्यामा गापाले गम्भिरताको साथ लिएको वताए ।
अनौचपारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्धारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही वनाउने कार्यक्रम अन्तर्गत लक्ष्मीपुर पतारी गाउपालिका वडा नं ३ महेशपुर पतारीमा गठित मानव अधिकार निगरानी समुह महेशपुर पतारीद्धारा आयोजित कृषि क्षेत्रलाई प्रभावकारी वनाउनका लागि सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएकी उपप्रमुख यादवले वडा अध्यक्षलाई भने किसानको लागि आएको मल आद्य,बिउ विजन र माटो परिक्षण लगायतको काम गरि कृषकलाई सहज र सुलभ तबरले सेवा प्रवाह गर्नका लागि निर्देश गरे ।
उनले भने कृषि क्षेत्रमा गाउपालिकाले माग अनुसारको वजेट विनियोजन गरेको छ त्यसका लागि काम गर्ने वातावरण कृषकहरुले बनाउनुपर्छ र कृषिमा आएको वजेट सही सदुपयोग गर्नुपर्छ । त्यसका लागि कर्मचारी र जनप्रतिनिधीहरुको समेत सहयोग र साथ रहने वताइन ।
उपप्रमुख यादवका अनुसार स्वास्थ्य सेवा प्रभावकारी र प्रस्तुति गृह नहुदा गर्भवति महिलाहरुलाई बाहिर लानुपर्ने बाध्यताका कारण गाउपालिकाले गर्भवति महिलाहरुका लागि एम्बुलेन्स भाडा वापत एक हजार प्रति व्यतिm दिने निणर्य भएको सुनाइन । कार्यक्रममा लक्ष्मीपुर पतारी  गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र महतले भने स्थानीय सरकारले कृषि क्षेत्रमा आवश्यक वजेट विनियोजन गरेको छ तर कानुनी जटीलताका कारण कतिपय कामहरु चाहेर पनि गर्न सक्ने अवस्था नभएको वताए । मानव अधिकार निगरानी समुहले आयोजना गरेको कार्यक्रम समयअनुकुल भएको वताउदै अधिकृत महतले भने कृषि क्षेत्रलाई आधुनिकीकरण र विशेष प्याकेजको कार्यक्रम मार्फत यस गाउपालिकाको विभिन्न वडालाई नमुना कृषि उत्पादनको क्षेत्र वनाउनेमा गाउपालिका लागिपरेको वताए ।
कृषकहरुको समस्या प्रत्यक्ष सुन्न र बुझन पाउदा धेरै कुराहरु जनकारी पाएको भन्दै कृषकहरुबाट आएको समस्याहरु लाई अगामी दिनमा लागु गर्ने र समस्याहरुलाई निराकरणमा महत्वपुर्ण सहयोग गर्ने वताए । कृषि क्षेत्रमा प्राविधिक समस्याका कारण समयमा क्रियाकलापहरु संचालन गर्न नसकेको वताए । कृषि प्राविधिक गाउपालिकामा अपुग हुदा र जिल्ला कृषि कार्यालय सिरहाले समन्वय नगर्दा झन समस्या यस क्षेत्रमा बल्झेको वताए । सम्बन्धीत क्षेत्रको प्राविधिकले गर्ने काम अन्य कर्मचारीलाई गर्न समस्या भइरहेको वताए । कानुनी आधार र कार्यविधि अनुसार गाउपालिकाको काम कारवार्ही गर्नुपर्ने भएकाले स्थाननीय सरकारले चाहे अनुसारको काम गर्ननसकेको वताए ।
कृषि क्षेत्रलाई प्रभावकारी वनाउनका लागि जनप्रतिनिधि, कर्मचारी र कृषकहरुको सामुहिक प्रयास गर्नुपर्ने आवश्यकता रहेको वताए । त्यसका लागि समाजले काम गर्ने वातावरण वनाइदिनुपर्छ । कार्यक्रममा महेशपुर पतारीका वडा अध्यक्ष हनुमान मण्डलले आफनो वडामा कृषि क्षेत्रमा विनियोजन गरेको योजना र रकम वारे प्रष्ट पारेका थिए ।  उनका दिएको जानकारी अनुसार कृषकहरुले अन्य वर्षको तुलनामा वडा कार्यालयबाट समयमा बिउविजन पाउने भएका छन् । त्यसका लागि वडा कार्यालयले विनियोजित वजेटको सहि सदुपयोग गर्नका लागि आफु लागि परेको वताए । कृषकहरुलाई सहज र सुलभ तरिकाबाट सेवा प्रदान गर्ने विश्वास व्यतm गरेका थिए । वडाअध्यक्ष मण्डलका अनुसार कृषकहरुले दिएका सुझाव वडाले कार्यान्वयनमा ल्याउने वताए । कार्यक्रममा पूर्व क्षेत्रपाल रामविलास साहका अनुसार गाउगाउमा सिंहदरवार आएको अनुभुति कृषहरुले गर्नुपर्ने वताए । कृषकहरुले पहिला जस्तै सास्ती व्यहोर्नु प¥यो भने यो सिंह दरवारको के अर्थ ? त्यसका लागि जनताले अनुभुति हुने लोकप्रिय क्रियाकलापहरु संचालन गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा युवा नेता विरेन्द्र साहका अनुसार गाउपालिकाले केन्द्रिकृत योजना नभनि वडा स्तर  र विषयगत रुपमा विनियोजन गरि प्रभावकारी काम गर्न सुझाएका थिए । गाउपालिकाले केन्द्रकृत योजना संचालन गर्दा बढी समय लाग्ने गरेको हुदा वडा स्तवाटै क्रियाकलपा संचालन गर्दा छिटो कार्यान्वयनमा आउने विचार व्यतm गरे ।
मानव अधिकार निगरानी समुह महेशपुर पतारीका संयोजक राम प्रकाश यादवको अध्यक्षतामा भएको कार्यक्रममा महेशपुरका नागरिक समाज, राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधि लगायतको सहभागिता रहेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »